बागलुङका स्थानीय तहले आज ल्याउँदैछन् बजेट !

बागलुङका स्थानीय तहले आज ल्याउँदैछन् बजेट !

  • आषाढ १०, २०७८ बिहिवार
  • ११:३०:३१ बजे
  • 2.5K
    SHARES
  • बागलुङका स्थानीय तहले आज ल्याउँदैछन् बजेट !

    स्थानीय सरकारले आज बजेट ल्याउँदैछन् । केही नीति कार्यक्रम सार्वजनिक गरिसकेका छन् र आज बिहीबार बजेट ल्याउँदैछन् भने कतिपयले नीति कार्यक्रम र बजेट एकै दिन लयाउँदैछन् ।

    बागलुङको बरेङ गाउँपालिका बाहेक ९ वटा स्थानीय तहले आज बजेट सार्वजनिक गर्ने क्रममा रहेका छन् । संवैधानिक रुपमै असार १० बजेट ल्याईसक्नुपर्ने भएका कारण बागलुङ स्थानीय तहहरुलाई आज बजेट ल्याउनैपर्ने अवस्था छ । बजेट ल्याउन बाँकी रहेका बागलुङका ९ वटा स्थानीय तहमध्ये ताराखोला र बागलुङ नगरपालिकाले नीति कार्यक्रम सार्वजनिक गरेका छन् भने अन्य स्थानीय तहको एक साथ बजेट र नीति कार्यक्रम सार्वजनिक गर्ने क्रममा रहेका छन् ।

     जिल्लाको काठेखोला गाउँपालिका, जलकोट नगरपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका, जैमिनी नगरपालिकाले नीति कार्यक्रम र बजेट एकसाथ सार्वजनिक गर्दैछन् । 

    कतिपय स्थानीय तहले नीति कार्यक्रमा ल्याएर शिलिङमा बजेट ल्याउने र पछि योजनामा विनीयोजन गर्ने तयारीमा लागेका छन् । बागलुङ नगरपालिका र ताराखोला गाउँपालिकाले बजेट सार्वजनिक गर्दैछन् ।

    बरेङ गाउँपालिकाले भने गत शनिबार नै बजेट तथा नीति कार्यक्रम एकै दिने सार्वजनिक गरेको थियो । 

  • सम्बन्धित विषय:

  • # बजेट
  • # बागलुङका स्थानीय तह

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार