जिल्लाको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६४ करोड १६ लाख ७४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नबौं नगरसभामा उपप्रमुख लिला रानाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट पेश गरेका हुन् । नगरपालिकाले आयतर्फ चालुखर्चबाट मौज्दात रकम तीन करोड २५ लाख, संघीय सरकारबाट अन्तर सरकारी वित्तिय हस्तान्तरण मार्फत १२ करोड दुई लाख, विशेष अनुदानबाट एक करोड, समपुरक अनुदानबाट ६९ लाख आय हुने बताईएको छ । संघीय सरकारको राजस्व बाँडफाँडबाट ८ करोड ३९ लाख, प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण अन्तर्गत एक करोड ३८ लाख, राजस्व बाँडफाँडबाट ६७ लाख, नगरपालिकाको आन्तरिक
राजस्वबाट ८७ लाख, संघीय सरकार÷प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान (शिक्षा, स्वास्थ्य,कृषि पशु, झोलुंगे पुल, प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा तथा घटना दर्ता सुदृढिकरण आयोजना, सुरक्षीत आप्रबासन लगायत) बाट ३५ करोड ८६लाख आम्दानी हुने उल्लेख छ ।
उक्त बजेटबाट नगरपालिकाले आर्थिक विकासमा एक करोड ६५ लाख रुपैयाँ विनीयाजन गरेको छ । त्यसबाट कृषिका लागि एक करोड ३४ लाख, पर्यटनका लागि २२ लाख, लघुउद्यम तथा व्यवस्थापनका लागि दुई लाख, उद्योग वाणिज्यतर्फ चार लाख र सहकारी तथा वित्तीय व्यवस्थापनका लागि तीन लाख बजेट विनीयोजन गरिएको छ ।
सामाजिक विकासतर्फ दुई कराड ८ लाख रुपैयाँ बजेट विनीयोजन गरिएको छ । पूर्वाधार विकासमा एक करोड ५० लाख, वन वाताबरण तथा विपद व्यवस्थापनका लागि ५० लाख, सशासान तथा संस्थागत विकास लागि ३० लाख, समग्र निरन्तर समानुपातिक कार्यक्रमका लागि ५० लाख, दीगो सडक विकास कार्यक्रमका लागि एक करोड ३० लाख, वडागत बजेट तीन करोड विनीयोजन गरिएको छ । वडास्तरमा दीगो आयोजना सञ्चालनमा ६५ लाख, सवारी सधान व्यवस्थापन १४ लाख ७४ हजार, गैरसरकारी संस्थासंग सहकार्य लागि १६ लाख बजेट तोकिएको छ ।
सामी परियोजनाका लागि ४ लाख, मर्मत सम्भार कोषका लागि ४० लाख, नगरको प्रशासनिक भवन तथा जग्गा व्यवस्थानका लागि ८० लाख, कोरोना रोकथाम कार्यक्रमका लागि ३० लाख, कार्यालय पुजीगत बजेट २५ लाख, विपद व्इवस्थापन कोष १५ लाख, डोजर परिचालन तथा व्यवस्थापन १० लाख बजेट विनीयोजन गरिएको छ ।
फुटकर आयोजनाका लागि १५ लाख, नगर सुक्षा सेवा १० लाख, घरबार बिहीनको आवासका लागि ५० लाख, न्यायिक समिति विविध ५ लाख, घरबार बिहीनको घर निर्माणका लागि संघीय सरकारबाट प्राप्त हुने विशेष अनुदान एक करोड समपुरक अनुदान ६९ लाख, खरका छाना
विस्थापनका लागि ५० लाख र सकुम्बासी समस्या समाधानका लागि २४ लाख बजेट विनीयोजन गरिएको छ ।