दिपेन्द्र परियार
साहित्यको जगेर्ना उत्थान तथा विकासका लागि जैमिनी क्षेत्रका स्रष्टाहरु संगठित भएका छन् ।
सामाजिक सञ्जालबाट सञ्चालन गरिएको अभियानबाट स्रष्टाहरु भेला भएर जैमिनी नगरपालिका स्तरीय जैमिनी साहित्यीक मञ्च गठन गरिएको छ ।
भेलाले निर्मला सुवेदीको अध्यक्षतामा ११ सदस्यीय जैमिनी साहित्यीक मञ्च गठन गरेको हो ।
साहित्य क्षेत्रमा कलम चलाउँदै आएका र साहित्यप्रति रुचि राख्ने साहित्यकारहरुको भेलाले समितिको सचिवमा प्रेम थापा, कोषाध्यक्षमा शिलशिला क्षेत्री चयन र सदस्यहरुमा शालिकराम चालिसे, नवराज शर्मा, सन्तोष सापकोटा, कमल सुवेदी, इन्द्र प्रसाद शर्मा, बुद्धिप्रसाद सापकोटा, सुरेश पुन, लोकनाथ शर्मा चयन भएका छन् ।
भेलाले ५ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार समितिमा झपिन्द्रबहादुर क्षेत्री, प्रेमप्रसाद शर्मा, टेकबहादुर क्षेत्री संगम, नविनप्रताप जिसी र उमाकान्त सापकोटा रहेका छन् ।
भेलाले निर्मला सुवेदी, झपिन्द्रबहबादुर क्षेत्री र प्रेमप्रसाद शर्मा रहेको विधान मस्यौदा समिति चयन गरेको छ ।
कार्यक्रम बुद्धिप्रसाद सापकोटाको अध्यक्षता र प्रेम थापाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा स्रष्टाहरुले सिर्जना वाचन गरेका थिए ।
गत जेठ देखि सामाजिक सञ्जाल मार्फत सञ्चालन गरिएको अभियानले अहिले पूर्णता पाएको हो ।