बागलुङको जैमिनीमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटियो 

बागलुङको जैमिनीमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटियो 

  • भाद्र १२, २०७८ शनिवार
  • १९:२१:४० बजे
  • 12.3K
    SHARES
  • बागलुङको जैमिनीमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटियो 

    बागलुङ : जिल्लाको जैमिनी नगरपालिकामा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको छ ।

    जैमिनी नगरपालिका—३ को रानीबासका ४० वर्षीय पुरुष र जैमिनी नगरपालिका—५ बिनामारे सियारकोटमा ४० वर्षीया महिलाको झुण्डिएको अवस्थामा शव भेटिएको हो ।

    जैमिनी—३ का ४० वर्षीय यामबहादुर बहिक र बिनामारेकी ४० वर्षीया पार्वती विकको झुण्डिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले बताए ।

     जैमिनी—३ का बहिल शुक्रबार दिउँसोको खाजा खाएर बाहिर निस्केको र राती अवेरसम्म पनि घर नफर्केपछि घर परिवारले खोजी गर्दा शनिबार बिहान घर नजिकैको जंगलमा झण्डिएको अवस्थमा शव भेटिएको बताईएको छ ।

    बहिकले यस अगाडि पनि आत्महत्याका प्रयासहरु गर्ने गरेको स्थानीयले बताएको प्रहरीले जनाएको छ । बिनामारेकी विक खाना खाएर बुहारी घाँस काट्न गएको बेलामा गोठमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    उनका श्रीमान र छोरा विदेशमा रहेको र उनीहरु आएपछि विकको अन्त्यष्टि गरिने बताइएको छ ।

    घटनाबारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

       यो पनि पढ्नुहोस् 

    भारतमा बेचिएका सातजना महिलाको उद्दार, संलग्न दुईजना पक्राउ

    पर्सा : भारतको विहारमा बेचिएका ७ जना नेपाली महिलाहरुलाई प्रहरीले वीरगञ्जबाट उद्दार गरिएको छ । महिला बेचबिखानमा संलग्न २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

     

    पक्राउ पर्नेहरूमा भारतको बिहार राज्यका २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषा लगराइन बस्ने २४ वर्षीया ममता कुमारी भन्ने अजिमा खातुन छन् ।

    विभिन्न जिल्लाबाट ७ जना महिलाहरुलाई भारतको विहार राज्यमा पु¥याई बेचबिखन भइरहेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय पर्सामा प्राप्त भएपश्चात खटिएको प्रहरीले भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी आफन्त नेपाल संस्थासँगको सहकार्यमा ती महिलाहरूको उद्दार गरेको हो ।


    विकेश र अजिमाले अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाई विश्वासमा पारी भारतको छौँडादानो भन्ने स्थानमा लगेर अँध्यारो कोठामा राखी भारतकै विभिन्न स्थानमा पठाई रकम लिई निजहरूको इच्छाबिपरीत बिना पारिश्रमिक नाचगान गराई शारीरिक तथा मानसिक यातना दिई श्रमशोषण गरेको र बेचबिखन गर्ने उद्देश्यले अन्यत्र पठाउने तयारी भइरहेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

    उनीहरु उपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी मानव बेचबिखन कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

     

     

  • सम्बन्धित विषय:

  • # बागलुङ
  • # जैमिनी
  • # शव भेटियो

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार