बजेट

केन्द्र सरकारबाट बागलुङका कुन पालिकालाई कति बजेट ?

केन्द्र सरकारबाट बागलुङका कुन पालिकालाई कति बजेट ?

  • जेठ १६, २०७८ आइतवार
  • १७:१३:४८ बजे
  • 9.4K
    SHARES
  • केन्द्र सरकारबाट बागलुङका कुन पालिकालाई कति बजेट ?

    बागलुङ : आर्थिक वर्ष २०७८/०७९ का लागि शनिबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण मार्फत बागलुङका १० स्थानीय पालिकामा ३ अर्ब ५७ करोड ९७ लाख रुपैयाँ विनियोजन गर्नुभएको भएको छ । बागलुङमा आएको यो बजेट अघिल्लो आर्थिक वर्षको हाराहारीमा विनियोजित छ ।जिल्लाका सबै स्थानीय तहमा विनियोजित बजेट अनुसार समानिकरण,

    ससर्त, विशेष र समपुरक अनुदान गरेर सो बजेट विनियोजन भएको हो । बागलुङका चार नगरपालिका मध्ये सबैभन्दा धेरै बागलुङ नगरपालिकालाई ६६ करोड १ लख रुपैयाँ बजेट विनियोजित गरेको छ भने ६ गाउँपालिका मध्ये काठेखोला गाउँपालिकालाई ३९ करोड ९ लाख रुपैयाँ विनियोजित गरेको छ ।

    यस्तै नगरपालिकामा सबैभन्दा कम ढोरपाटन नगरपालिकालाई ३० करोड ४७ लाख रुपैयाँ विनियोजित भएको छ भने, गाउँपालिका तर्फ सबैभन्दा कम तमानखोला गाउँपालिकालाई १६ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ । विनियोजित बजेट अनुसार यस आर्थिक वर्षका लागि बागलुङ नगरपालिकामा ६६ करोड ८१ लाख,

    जैमिनी नगरपालिकामा ४७ करोड १० लाख, गलकोट नगरपालिकामा ४४ करोड ४६ लाखर ढोरपाटन नगरपालिकामा ३० करोड ४७ लाख रुपैयाँ विनियोजन भएको हो । यस्तै गाउँपालिका तर्फ काठेखोला गाउँपालिकामा ३९ करोड ९८ लाख, ताराखोला गाउँपालिकामा २१ करोड ८ लाख, निसीखोला गाउँपालिकामा २६ करोड ६५ लाख,

    बडिगाड गाउँपालिकामा ३८ करोड ६ लाख, बरेङ गाउँपालिकामा २५ करोड ८६ लाख र तमानखोला गाउँपालिकामा १६ करोड ७१ लाख रुपैयाँ विनियोजन गरिएको छ । बागलुङमा अघिल्लो आर्थिक वर्षमा पनि यही अनुपातमा बजेट आएको थियो । अहिले पनि सबै पालिकामा अघिल्लो आर्थिक वर्षको बजेट सिलिङ आएको छ । ढाेरपाटन पाेस्टबाट

  • सम्बन्धित विषय:

  • # बजेट

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार