ढोरपाटन नगरको बजेट ४४ करोड ६५ लाख १० हजार

ढोरपाटन नगरको बजेट ४४ करोड ६५ लाख १० हजार

  • आषाढ ११, २०७८ शुक्रवार
  • १३:५०:१९ बजे
  • 3.5K
    SHARES
  • ढोरपाटन नगरको बजेट ४४ करोड ६५ लाख १० हजार

    बागलुङ : जिल्लाको ढोरपाटन नगरपालिकाले ४४ करोड ६५ लाख १० हजारको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रमसंगै बजेट समेत ढोरपाटन नगरपालिकाले सार्वजनिक गरेको हो । ढोरपाटन नगरपालिकाले नबौं नगरसभामा नगर उपप्रमुख करमती पुनले उक्त बजेट सार्वजनिक गरेकी हुन् ।

    ढोरपाटन नगरपालिकाले असार १० को संवैधानिक व्यवधान टार्नका लागि बजेटको शिलिङ मात्रै ल्याएको छ ।आगामी २० गतेसम्म छलफल गरेर बजेटलाई ब्रेक डाउन गर्ने योजनाहरुमा विनीयोजन गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले आयतर्फ संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट १० करोड, संघीय सरकारको राजस्व बाँडफाँडबाट ७ करोड ७८ लाख चार हजार,

    संघीय सरकारको सशर्त अनुदान २२ करोड ३८ लाख आम्दानी बताईएको छ । प्रदेश सरकारे वित्तीय समानीकरण अनुदानको लागि एक करोड १६ लाख ६८ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँड ६० लाख ३८ हजार, प्रदेश सरकारको सशर्त अनुदान ५० लाख र आन्तरिक स्रोतबाट ४० लाख रुपैयाँ आम्दानी हुने

    बताईएको छ । उक्त बजेटमध्ये २२ करोड ८८ लाख सशर्त अनुदानका कार्यक्रममा खर्च हुनेछन् । चालु र्खका लागि १० करोड, पुँजीगत खर्चका लागि ११ करोड २७ लाख १० हजार तथा समपुरक अनुदान कार्यक्रमका लागि ५० लाख रुपैयाँ खर्च हुने बताईएको छ । 

     

  • सम्बन्धित विषय:

  • # ढोरपाटन
  • # बजेट

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार