काठेखोला-१ मा हट्यो विद्युत लोड सम्बन्धी समस्या

काठेखोला-१ मा हट्यो विद्युत लोड सम्बन्धी समस्या

  • माघ २२, २०७७ बिहिवार
  • ०८:४५:०१ बजे
  • 3.9K
    SHARES
  • काठेखोला-१ मा हट्यो विद्युत लोड सम्बन्धी समस्या

    बागलुङ : काठेखोला गाउँपालिका वडा नम्बर १ पालाकोट धिमीमा केही वर्षदेखि भएको विद्युत लोड सम्बन्धी समस्या हटेको छ । 

    नेपाल विद्युत प्राधिकरण बागलुङ शाखाले नयाँ ट्रान्सफरमा विस्तार गरेपछि समस्या हटेको हो । ट्रान्सफरको शाखा प्रमुख शिवनारायण गोसालीले बुधबार उद्घाटन गरेका छन् ।

    केही वर्ष यता विद्युतीय लोड समस्याको कारण यहाँका उपभोक्ताहरुले विजुलिको समस्या झेल्दै आइरहेकाेमा  विद्युत प्राधिकरणा बागलुङले त्यसकाे समाधान गरिदिएकाे छ । 

    विद्युत समस्या कै कारण स्थानीय उपभोक्ताहरु भान्छाको काम बिजुलिबाट खाना पकाउन समेत सकिरहेका थिएनन् भने कैंयौं स्थानीय घरेलु उद्योग बन्द भएका थिए ।

    बागलुङ बाटुले फिडरबाट नयाँ लाईन बिस्तार गरि नयाँ ट्रान्सफर परिवर्तन गरेर उक्त विद्युत् लोड समस्या हटेको वडा अध्यक्ष खडक थापाले बताए । 

    नयाँ ट्रान्सफरबाट लाईन जोडेपछि गाउँमा विद्युतको सहज पहुँच पुगेको छ । अहिले स्थानीय उपभोक्ता तथा घरेलु उद्योगीहरु खुसी भएका छन् ।

  • सम्बन्धित विषय:

  • # काठेखोला
  • # विद्युत लोड

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार