रेडक्रसले ताराखोला र काठेखोलामा समुदायमा आधारित बृहत स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने

रेडक्रसले ताराखोला र काठेखोलामा समुदायमा आधारित बृहत स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने

  • आश्विन ८, २०७८ शुक्रवार
  • १९:५३:१८ बजे
  • 3.6K
    SHARES
  • रेडक्रसले ताराखोला र काठेखोलामा समुदायमा आधारित बृहत स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने

    बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका र ताराखोला गाउँपालिकामा समुदायमा आधारित बृहत स्वास्थ्य कार्याक्रम संचालन हुने भएको हो ।

    नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखा र क्यानेदियन रेडक्रसको सहयोगमा पहिलो चरणमा जिल्लाका दुई स्थानिय तहमा यो कार्यक्रम संचालन हुन लागेको हो । कार्यक्रमको बारेमा शुक्रबार आयोजना गरिएको जिल्ला र पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम मार्फत सो को बारेमा जानकारी गराईएको छ ।  

    सामुदायिक स्वास्थ्यका गतिविधि र स्वास्थ्य प्रणालीलाई थप सुदृढ गर्न र आकस्मिक स्वास्थ्य सेवा लगायतका विपद व्यवस्थापनमा

    समेत टेवा पु¥याउने उद्देश्यले उक्त कार्यक्रम संचालन गर्न लागिएको नेपाल रेडक्रस बागलुङ शाखाका पालिका स्वास्थ्य अधिकृत गोर्कण श्रेष्ठले जानकारी दिए । पहिलो चरणमा दुई पालिका मात्र संचालन गर्न थालिएको कार्यक्रम यसको अवस्था र प्रभावकारी हेरेर आगामी दिनमा जिल्लाका १० वटै स्थानिय तहमा संचालन गरिने श्रेष्ठले जानकारी दिए । 

    यो कार्यक्रम प्रत्यक्ष समुदायमा रहेका आम नागरिकको स्वास्थ्य सँग सम्बन्धीत रहेको र स्थानिय तहमा रहेका स्वास्थ्य संस्थाको

    सवलीकरणका निम्ती पनि आवश्यक सहयोग गर्ने गरी संचालन भएको नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयका सामुदायिक स्वास्थ्य अधिकृत दिपक पोखरेलले जानकारी दिए । अभिमुखीकरण कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय उप–महामन्त्री दिपेन्द्र ढकालले सरकारले स्वास्थ्य क्षेत्रमा देखेका उद्देश्य प्राप्तीका लागि रेडक्रसले समन्वयको भुमिका निभाएको बताए । उनले जनताको आवश्यकतालाई सम्बोधन गर्नका लागि साझेदारी संस्था सँग समन्वय गरी यस्ता कार्यक्रमको समुदायस्तर सम्म पु¥याउन आवश्यक रहेको बताए । 

    कार्यक्रमा जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुंगानाले जिल्लामा कुनै पनि कार्यक्रम दोहोरोपन नहुने गरी संघ संस्थाले कार्यक्रम संचालन गर्नुपर्ने बताए । उनले समन्वय कार्यालय सँग समन्वय गरेर अगाडी बढेमा हरेक समस्याको समाधान हुने जानकारी दिए ।  

    कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा र ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले समुदायस्तरमा जनताका स्वास्थ्य समस्या बुझनका लागि कार्यक्रमले थप टेवा पु¥याउनेमा विश्वास व्यक्त गरे । 

    जिल्लास्थित सरोकारवाला र सम्बन्धीत स्थानिय तहमा प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी स्वास्थ्य सेवा विभागका निर्देशक डा. मनिताराज कर्णकार, क्यानेदियन रेडक्रसका कार्यक्रम म्यानेजर रमेश न्यौपाने लगायतले कार्यक्रमका बारेमा थप स्पष्ट पारेका थिए । 

    कार्यक्रम नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका सभापति जब्बर बहादुर लामिछानेको अध्यक्षता उपाध्यक्ष राजेन्द्र आचार्यको स्वागत र पालिका स्वास्थ्य कार्यक्रम अधिकृत गोकर्ण विष्टको संचालनमा सम्पन्न भएको थियो । 

    सम्बन्धित समाचार