महन्थ पक्षका पाँच सांसद उपेन्द्र यादवतिर लागे 

महन्थ पक्षका पाँच सांसद उपेन्द्र यादवतिर लागे 

  • श्रावण २, २०७८ शनिवार
  • १५:२१:५५ बजे
  • 2.9K
    SHARES
  • महन्थ पक्षका पाँच सांसद उपेन्द्र यादवतिर लागे 

    काठमाडौं : जसपाको महन्थ ठाकुर पक्षका पाँचजना सांसद उपेन्द्र यादव पक्षको बैठकमा सहभागी भएका छन् । पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा चलिरहेका बेला जसपाका दुवै पक्ष विभाजनको लागि तयार भइसकेका छन् ।


    यसअघि ठाकुर पक्षमा रहेका प्रमोद साह,अमृता अग्रहरी, रानी मण्डल,नरमाया ढकाल र रुही नाज शनिवार उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा सहभागी भएका हुन् ।

    जसपाका ३२ जना सांसदमध्ये यसअघि ठाकुर पक्षमा २० जना थिए । पाँच जनाले उपेन्द्र यादव समूहलाई साथ दिएपछि अब संसदीय दलमा पनि यादव पक्ष १२ बाट १७ मा पुगेसँगै वहुमत भएको छ ।


    महन्थ ठाकुरले लोकतन्त्रको हत्या गर्न खोजेकाले आफूहरु यादव पक्षमा लागेको सांसद साहले बताए । ठाकुर पक्षका पाँच सांसद अहिले आफ्नो समूहको बैठकमा सहभागी भएको जसपा नेता इस्तियाक राईले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # महन्थ
  • # सांसद
  • # उपेन्द्र यादव

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार