कोरोना बढेपछि कुश्मीसेरा र भकुण्डे एक साताका लागि बन्द

कोरोना बढेपछि कुश्मीसेरा र भकुण्डे एक साताका लागि बन्द

  • श्रावण ११, २०७८ सोमवार
  • १९:१५:३३ बजे
  • 3.0K
    SHARES
  • कोरोना बढेपछि कुश्मीसेरा र भकुण्डे एक साताका लागि बन्द

    बागलुङ : कोरोना भाईरसको दोस्रो चरणको लहर फैलिएको बेला संक्रमणको दर बढ्दै गएपछि जिल्लाको जैमिनी नगरपालिका–१ को कुश्मिसेरा र बागलुङ नगरपालिका–१० भकुण्डेलाई एक हप्ताका लागि बन्द गरिएको छ । 

    कोरोना संक्रमण बढेसंगै अत्यावश्यक सेवा बाहेक अन्य सेवा एक हप्तालाई बन्द गर्ने निर्णय गरिएको हो ।  जैमिनी नगरपलिकाको निर्णय अनुसार नगरपालिकाको केन्द्र रहेको कुश्मीसेरा बजार एक हप्तालाई बन्द गरिएको जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले जानकारी दिए ।

    पौडेलका अनुसार नगरपालिकाको केन्द्रमा रहेको बजारमा बैंक, वित्तिय संस्था, होटल, विद्यालय र यातयात पूर्ण रुपमा बन्द गरिएको छ ।

    अत्यवाश्यक सेवाहरु भने सूचारु हुँनेछन् । यस अबधीमा नगरपालिकाले अत्यावश्यक बाहेकका सबै बन्द गरिएको छ ।

    यस्तै भकुण्डे गाउँका बिभिन्न टोलमा कोरोना संक्रमण फैलिएको भन्दै वडा कार्यालयले सुचना जारी गरी मंगलबार देखी लागु हुने गरी साउन १८ गते सम्मलाई सबै सेवा बन्द गर्ने जानकारी दिएको छ ।

    वडा अध्यक्ष प्रेम बहादुर थापाद्वारा हस्ताक्षरीत सूचनामा गाउँटोलमा संक्रमणको अवस्था रोक्नका लागि भकुण्डेमा रहेका सरकारी तथा गैरसरकारी संघ संस्था, सामुदायिक तथा निजी विद्यालय, होटल तथा रेष्टुराँ, घरबास, बढि भीडभाड हुने स्थान, अत्यावश्यक

    काम बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द हुने जानकारी गराईएको छ ।

    aa.jpg

     

    सम्बन्धित समाचार