खुशी साट्दै

पाँच दलीय गठबन्धनद्वारा मन्त्री शर्मा र बुढालाई बागलुङमा बधाई ज्ञापन 

पाँच दलीय गठबन्धनद्वारा मन्त्री शर्मा र बुढालाई बागलुङमा बधाई ज्ञापन 

  • श्रावण १६, २०७८ शनिवार
  • २०:३६:२० बजे
  • 4.2K
    SHARES
  • पाँच दलीय गठबन्धनद्वारा मन्त्री शर्मा र बुढालाई बागलुङमा बधाई ज्ञापन 

    बागलुङ : संयुक्त गठवन्धनमा आवद्ध राजनीतिक दलहरुले गण्डकी प्रदेश सरकारका दुई मन्त्रीलाई संयुक्त रुपमा बधाई तथा सम्मान व्यक्त गरेका छन ।

    गृह जिल्ला बागलुङ आएका पर्यटन, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कंडेल र  भूमी व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा सागरलाई संयुक्त गठबन्धनले बधाई तथा सम्मान गरेको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, संघिय समाजवादी र नेकपा एमाले  माधव नेपाल समुहले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको थियो । 

    कार्यक्रममा बोल्दै पर्यटन, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कंडेललले  कृषि , उद्योग र पर्यटन विकासलाई सँगसँगै अगाडि बढाउने बताए ।

    उनले गण्डकी प्रदेशमा पर्यटन र व्यापारीलाई कोरोना विरुद्धको खोप आफ्नो पहिलो प्राथमिकता रहेको समेत जानकारी गराए । उनले देशमा राजनीतिक अस्थिरता भएको कारण र एउटा व्यक्तिको शासनले जनतालाई चिढाएका कारण पछिल्लो गठबन्धन बन्न बाध्य भएको बताए । ‘देशमा पोलिटिकल्स भन्दा ओलीटिकल्स बढि भयो, मन्त्री कंडेलले भने,– ओलिटिक्स अन्त्यका लागि यो गठबन्धन बनेको हो । यो अब दीर्घकालिन हुनेछ ।’ कंडेलले काँग्रेसको आदर्श समन्वयवाद भएको हुँदा राजनीतिमा ईसुका आधारमा सहयात्रा हुने र स्थायी सत्रु कोही पनि नहुने बताए । 

     कार्यक्रममा भूमी व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा सागरले कृषि र पर्यटनलाई सँगै जोडेर सहकार्य गर्ने बताए । उनले सबै क्षेत्रका आवश्यकता र जिज्ञासालाई सम्बोधन गरेर कृषि र पर्यटन विकासमा अगाडि बढ्ने बताए । उनले अहिले गठबन्धनको सरकारलाई जनताले यक्ष प्रश्न गर्ने भएको हुँदा त्यो यक्ष प्रश्नको सहि जवाफ दिनका लागि सहि ढंगले काम गर्न जरुरी रहेको बताए ।

    ‘हामीले संकटको बेला राजनीतिक निकास दिएका छौं मन्त्री बुढाले भने,– यो अवस्थामा हामीलाई कही कतै गल्ती गर्न छुट छैन । जनताको अपेक्षा अनुसार परिवर्तन पछिको बुझाई र प्रणालीको रक्षा गर्नुपर्ने हाम्रो दायित्व हो ।’

    कार्यक्रममा प्रदेश मामिला समितिका सभापति एवं बागलुङ क्षेत्र नं. २ का (ख)का प्रदेश सभा सदस्य खिमविक्रम शाहीले गण्डकी प्रदेश सरकारले अबको बाटो फरक शैलीले तय गरेको बताए । उनले तानाशाही ढंगले भन्दा पनि जनताको हितमा काम गर्ने बताए । त्यसैगरी  नेपाली काँग्रेस बागलुङका पूर्व सभापति पूर्व सांसद गोविन्द प्रसाद शर्मा कंडेलले दुवै मन्त्रीलाई बधाई दिँदै जिल्लाको विकासका निम्ति थप टेवा पुग्नेमा विश्वास रहेको बताए । 

    नेकपा एमाले बागलुङका सचिव लालबहादुर थापाले नेकपा एमाले भित्र विधिको सासन भन्दा पनि व्यक्तिको शासन चर्को भएका कारण अहिले यो अवस्था भएको बताए ।

    उनले पार्टी भित्र  दलीय स्वार्थ भन्दा माथि उठेर राजनीति गर्दा किचलो बढेको बताए । थापाले लोकतन्त्रप्रति किचलो गर्नेलाई कुनै छुट नभएको भन्दै नव नियुक्त मन्त्रीहरुलाई सबैसँग सहकार्य गरी काम गर्न र गलत प्रवृत्ति नजन्माउन आग्रह गरे ।

     मन्त्रीहरुलाई बधाई दिँदै राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेलले बागलुङबासी जनताको आवश्यकतालाई ध्यानमा राखेर जनताले गरेको अपेक्षालाई केही हदसम्म भए पनि पुरा गर्ने जिम्मेवारी दुवै जनामा रहेको बताए ।

    कार्यक्रम नेपाली काँग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापाको अध्यक्षता, जनता समाजवादी पार्टीका कृष्ण शर्माको स्वागत र नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ज्ञामनाथ गैरे अनिलको सञ्चालनमा सम्पन्न भएको थियो । 

    सम्बन्धित समाचार