मन्त्री बुढालाई माओवादी केन्द्र बागलुङद्वारा बधाई ज्ञापन 

मन्त्री बुढालाई माओवादी केन्द्र बागलुङद्वारा बधाई ज्ञापन 

  • श्रावण १६, २०७८ शनिवार
  • २०:१७:०८ बजे
  • 3.5K
    SHARES
  • मन्त्री बुढालाई माओवादी केन्द्र बागलुङद्वारा बधाई ज्ञापन 

    बागलुङ : नेकपा माओवादी केन्द्र बागलुङले नवनियुक्त भूमी व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा सागरलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

    शनिबार पार्टी कार्यालयमा हालै मान्त्री गण्डकी प्रदेश सरकारको मन्त्री पद सम्हाल्न पुगेका बुढालाई बधाई ज्ञापन गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै मन्त्री बुढाले कठिन समयमा पार्टीले दिएको जिम्मेवारी पूर्वक पूरा गरेको र सरकारमा पनि जिम्मेवारी पूरा गर्ने बताए । 

    उनले नयाँ परिस्थीतिमा पार्टीलाई मजबुद बनाएर अगाडि लैजानुपर्ने बताए । गठबन्धन सरकार भएका कारण गठबन्धनको भावना अनुसार काम गर्नुपर्ने उनको भनाई थियो ।

    उनले गठबन्धनको सहकार्य दीर्घकालका लागि सोचिएकाले सबैले यसलाई मजबुद बनाउनुपर्ने बताए ।

    नेकपा माओवादी केन्द्र बागलुङका सेक्रेटरी ज्ञामनाथ गैरे अनिलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जिल्ला सदस्य टिकाकुमारी विश्वकर्मा र सञ्चालन कार्यालय सचिव चन्द्रबहादुर थापा शिखरले गरेका थिए । 

     

    सम्बन्धित समाचार