गलकोट समाज पोखराद्वारा मन्त्री बुढालाई बधाई ज्ञापन 

गलकोट समाज पोखराद्वारा मन्त्री बुढालाई बधाई ज्ञापन 

  • श्रावण १७, २०७८ आइतवार
  • १९:२२:३५ बजे
  • 5.0K
    SHARES
  • गलकोट समाज पोखराद्वारा मन्त्री बुढालाई बधाई ज्ञापन 

    थम्मन थापा

     बागलुङ : गलकोट समाज पोखराको आयोजनामा गण्डकी प्रदेश सरकारका नव नियुक्त भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा मगरलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा बोल्दै भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बुढा मगरले कृषिमा आधुनिकीकरण गरी कृषकको आर्थिक समृद्धिमा जोड्ने खालका नीति तथा कार्यक्रम ल्याउने बताए । समय सापेक्ष कृषिमा क्रान्ती आवश्यक रहेको भन्दै त्यसको लागि गण्डकी प्रदेश सरकारले आवश्यक गृहकार्य गर्ने मन्त्री बुढाको भनाई छ ।

    भूमी व्यवस्था र सहकारीलाई पनि व्यवस्थित गर्ने खालका कार्यक्रमलाई प्राथमिकता दिईने उनले उल्लेख गरे ।

    सो अवसरमा भूमी व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बुढा मगर र गण्डकी प्रदेश स्वास्थ्य तथा आपुर्ती निर्देशक खिमबहादुर खड्कालाई सम्मान गरिएको थियो ।

    अमरसिंह चोक स्थित लेकाली चुलो हलमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापा, गलकोट समाजका संस्थापक तथा अन्तर्राष्ट्रिय गलकोट समाजका अध्यक्ष बेलुकाजी थापा, संस्थाका संस्थापक सल्लाकार मोहनचन्द राजन, गलकोट समाज बागलुङका अध्यक्ष राज बहादुर थापा, पूर्व अध्यक्ष तथा सल्लाहकार हिरा खत्री, गलकोट समाज जापानका प्रतिनिधि शिवु थापा  सल्लाहकारहरु बमबहादुर छन्त्याल र सल्लाहाकार पूर्ण खत्रीले शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रम गलकोट समाज पोखराका अध्यक्ष खडक बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष कृष्ण बहादुर खत्रीको स्वागत र कोषाध्यक्ष खिम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार