ताराखोला : भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाले शिक्षा क्षेत्रको विकासले मात्र हरेक पक्षको विकास सम्भव हुने बताए ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन ताराखोला गाउँ कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सो कुरा बताए । मन्त्री बुढाले स्थानीय सरकार आफैमा अधिकार सम्पन्न निकाय भएकाले गाउँपालिका भित्रका शिक्षक कर्मचारीका समस्या र गुनासोप्रति गम्भिर बन्न जनप्रतिनिधिलाई आग्रह समेत गरे । उनले ताराखोला गाउँपालिका छुट्टै त्याग र बलिदानबाट स्थापित गाउँपालिका भएकोले यहाँबाट जनताले हरेक क्षेत्रमा परिवर्तनको अपेक्षा गरेको उल्लेख गर्दै नतिजामुखी कार्यमा लाग्न निर्देशन समेत दिए ।
गाउँपरिषदले पुनः नरबहादुर रोकाको अध्यक्षतामा २१ सदस्यीय ताराखोला गाउँकमिटिको जिम्मेवारी हेरफेर गरेको छ ।
समितिको बरिस्ठ उपाध्यक्ष गगन पुन ,महिला उपाध्यक्ष प्रेमकलि खत्री मा सचिब पूर्ण भद्र निउरे ,अर्थ सचिब लक्ष्मण रोका र सहसचिव सुर्य बहादुर घर्ति निर्वाचित हुनु भएको छ । त्यसै गरि सदस्य झम बहादुर पुन,लिल बहादुर खत्री , मन बहादुर रोका,दल बहादुर बुढाथोकि , ओम प्रसाद सपकोटा,गौमाया घर्ति, धनबहादुर घर्ति, कृष्ण कुमारी विक, कमला रोका, उमेश कुमार विक, दिलबहादुर घर्ती, निर्मला पुन रोका मगर र रिता विक छनोट भएका छन् ।
कार्यक्रममा सहभागीहरुले रिपोर्टिङका क्रममा विद्यालय कर्मचारी र लेखा शिक्षकहरुमाथि स्थानीय सरकार उचित पारिश्रमिकको
व्यवस्था नगरेको, स्थानीय सरकारले शिक्षाका योजना निर्माणमा शिक्षक संगठनका प्रतिनिधिलाई समावेश नगरेको जस्ता गुनासो राखेका थिए। कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरे, एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङका वरिष्ठ उपाध्यक्ष गणेशबहादुर घर्ती, ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ती, नेकपा
माओवादी ताराखोला गाउँपालिकाका अध्यक्ष दिवस खत्री ( पदम),कार्यपालिका सदस्य धन बहादुर विक, वाइसिएल नेपालका केन्द्रिय सदस्य नरेश केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम एकीकृत अखिल नेपाल शिक्षक संगठन
ताराखोला गाउँपालिका अध्यक्ष नरबहादुर घर्तिको अध्यक्षता, सचिव पूर्णभद्र निउरेको सञ्चालन र दिपेन्द्र पौडेलको स्वागतमा सम्पन्न भएको थियो ।