मन्त्री बुढालाई बागलुङका मगर संघ संस्थाद्वारा सम्मान 

मन्त्री बुढालाई बागलुङका मगर संघ संस्थाद्वारा सम्मान 

  • श्रावण १७, २०७८ आइतवार
  • २१:०८:०० बजे
  • 2.9K
    SHARES
  • मन्त्री बुढालाई बागलुङका मगर संघ संस्थाद्वारा सम्मान 

    बागलुङ : गण्डकी प्रदेश सरकारका भूमी व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा सागरले किसानलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाए गरिबी निवारण स्वतः हट्ने बताएका छन ।

    नेपाल मगर संघ बागलुङको संयोजनमा, मगर सेवा समाज गुठी, नेपाल मगर संघ बागलुङ नगरसमिति, नेपाल मगर विद्यार्थी संघ बागलुङको आयोजनामा आईतबार गृह जिल्लामा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री बुढाले गरिबी निवारणका निम्ती हरेक नागरिक आत्मनिर्भर हुन जरुरी रहेको बताए । 

     उनले गण्डकी प्रदेशमा कृषि, बन, पर्यटनको प्रयाप्त सम्भावना रहेको हुँदा यस क्षेत्रको विकासका निम्ती प्रदेश सरकार योजनाबद्ध भएर अगाडी बढ्ने बताए ।

    समय सापेक्ष कृषिमा क्रान्ती आवश्यक रहेको भन्दै  त्यसको लागि गण्डकी प्रदेश सरकारले आवश्यक गृहकार्य गर्ने मन्त्री बुढाको भनाई छ ।  उनले भूमी व्यवस्था र सहकारीलाई पनि व्यवस्थित गर्ने खालका कार्यक्रमलाई प्राथमिकता दिइने बताए ।  

    मन्त्री बुढाले जिल्लामा नेपालका प्रथम सहिद लखन थापाको स्मृतिमा  एउटा स्मृति पार्क निर्माण गर्ने र बागलुङ नगरपालिका–१ बांगेचौरमा निर्माणमा अलपत्र परेको  जनजाती संग्राहलयको निर्माण कार्यलाई  पुर्णता दिन पहल थाल्ने बताए । कार्यक्रममा नेपाल मगर संघ बागलुङका सचिवालय सदस्य कुशुम बुढाले जिल्लाको कृषि, सहकारी क्षेत्रको विकासका साथै अन्य विकासका निम्ती पनि निरन्तर पहल थाल्नका लागि आग्रह गरेकी थिईन । 

     मन्त्री बुढालाई मगर समाज गुठीका अध्यक्ष टिकाराम थापा मगर, सल्लाहकार चन्द्रबहादुर थापा मगर लगायतले बधाई  तथा सम्मान व्यक्त गरेका थिए ।

    कार्यक्रम नेपाल मगर संघ बागलुङका अध्यक्ष गणेशबहादुर थापा मगरको अध्यक्षता नगरसमितिका अध्यक्ष हिराबहादुर थापा मगरको स्वागत र मगर विद्यार्थी संघका अध्यक्ष सागर घर्ति मगरको संचालनमा सम्पन्न भएको थियो ।

     

    सम्बन्धित समाचार