बुर्तिबाङ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सोमबार पार्टीले आयोजना गरेको शुभकामना आधान प्रदानमा बोल्दै पश्चिम बागलुङ आफ्नो निर्वाचन क्षेत्रको विकासका निम्ति आफु पदमा रहँदा वा नरहँदा जुनसुकै समयमा सक्रिय पूर्वक लाग्ने बताएका छन ।
सोमबार नेकपा माओबादी केन्द्र ढोरपाटन नगर कमिटीले आयोजना गरेको सर्वदलीय, सर्वपक्षिय शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भने ‘यहाँ लगायत देशभर शिक्षा क्षेत्रमा चरम बेतिथी छ त्यसको सहि व्यवस्थापन गर्नका निम्ति अगाडी बढिएको बताउँदै बागलुङ जिल्लामा अभिभावले चन्दा उठाएर सामुदायिक विद्यालय चलाउनुपर्ने बाध्यता छ त्यसको अन्त्य गर्नका निम्ति शिक्षक व्यवस्थापनदेखि शैक्षिक क्षेत्रको बृहत विकासमा आफुले सक्दो काम गर्ने बताए ।
उनले थप बोल्दै दश नमुना शहर मध्येको बुर्तिबाङलाई थप विकास गर्नका निम्ति बुर्तिबाङ अस्पत्तालको स्तरोन्नती गर्ने, बागलुङ
बुर्तिबाङ मध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाई भइरहेका कारण चाँडो काम सक्न ताकेता गर्ने, बुर्तिबाङ–बोङगादोभान, शोले सडक निर्माण र व्यवस्थापन, सालझण्डी सडक, भिमगिठे प्युठान जोड्ने सडक लगायतका सडक सञ्जाललाई पूर्णता दिने गरी आफुले चाँडो भन्दा चाँडो पहल गर्ने बताउँदै निसीभुजी जनता क्याम्पसको गुणस्तर वृद्धिसँगै यहाँका जनताले आफु मन्त्री पदमा हुँदै गर्दा दिएका विभिन्न विकास र समृद्धिका कुरालाई क्रमश समेट्दै जाने प्रतिवद्धता जनाए ।
आयोजित कार्यक्रममा गण्डकी प्रदेशमा कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाले बोल्दै कृषि क्षेत्रको विकासका निम्ति आफुले विभिन्न कार्यक्रम लिएर अगाडि बढ्ने बताए ।
कृषि क्षेत्रको प्रचुर सम्भावना छ । त्यसको उचित व्यवस्थापन र कृषकमुखी कार्यक्रम आवश्यक छ । गण्डकी प्रदेश र सँघ सरकार मार्फत थप कार्यक्रम अगाडि बढाउने गरी आफुले काम गरिरहेको बताए । गण्डकी प्रदेश सदस्य खिम विक्रम शाही, दिपा रोका, नेकपा माओवादी केन्द्र जिल्ला इन्चार्ज बलावती शर्मा, जिल्ला इन्चार्ज ज्ञामनाथ गैरे लगायत यहाँस्थिती सर्व दलीय,
सर्वपक्षिय प्रतिनिधिको उपस्थिती रहेको कार्यक्रम नेकपा माओवादी ढोरपाटन नगर कमिटी संयोजक भिम गौतमको अध्यक्षता, नगर कमिटी इन्चार्ज चन्द्र अर्यालको स्वागत सुमित घर्तिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।