साँघु तर्ने क्रममा नदीमा खसेर दुई बेपत्ता

साँघु तर्ने क्रममा नदीमा खसेर दुई बेपत्ता

  • श्रावण २९, २०७८ शुक्रवार
  • १४:५४:१४ बजे
  • 3.8K
    SHARES
  • साँघु तर्ने क्रममा नदीमा खसेर दुई बेपत्ता

    सिमकोट : काठको साघुँ तर्नेक्रममा चिप्लिएर नदीमा खस्दा दुईजना बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएका जनाइएको छ ।

     

    उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुडी सङ्कलन गर्न जानेक्रममा बुधबार साँझदेखि बेपत्ता भएका स्थानीयवासी तारा रावलले जानकारी दिए ।

    हराइरहेकाहरुको खोजी जारी रहेको उनले बताए । जडीबुटी सङ्कलनका लागि थाली गाउँका करिब ३० जना गएका बताइएको छ ।

    हुम्लासहित बाजुरा, मुगु, बझाङलगायत नागरिक यस याममा जडीबुटी सङ्कलन गर्न पाटनतिर जाने गर्दछन् । रासस

     

  • सम्बन्धित विषय:

  • # नदीमा खसेर
  • # बेपत्ता
  • # साँघु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार