पहिरोले पुरिएर एक जनाको मृत्यु

पहिरोले पुरिएर एक जनाको मृत्यु

  • भाद्र ३, २०७८ बिहिवार
  • १८:४२:१३ बजे
  • 2.2K
    SHARES
  • पहिरोले पुरिएर एक जनाको मृत्यु
    फाइल तस्बिर

    त्रिशूली : नुवाकोटको बेलकोटगढी नगरपालिका – ५ लामाचउरमा पहिरो जाँदा बिहीबार राति एक जनाको मृत्यु भएको छ ।

    घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।

     


    उनका अनुसार बिहीबार राति साढे ३० बजेको समयमा घरको करेसामा पहिरो पन्छाउने क्रममा थप खसेको र त्यसमा पुरिएर मृत्यु भएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ । पहिराले घरसमेत जोखिममा परेको बताइएको छ । रासस

     

  • सम्बन्धित विषय:

  • # मृत्यु
  • # पहिरो

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार