वामदेव माधव नेपालको पक्षमा 

वामदेव माधव नेपालको पक्षमा 

  • भाद्र ३, २०७८ बिहिवार
  • १९:२८:१७ बजे
  • 2.9K
    SHARES
  • वामदेव माधव नेपालको पक्षमा 

    काठमाडौं : एमाले विभाजनमा नेता वामदेव गौतमले माधव नेपाललाई साथ दिने भएका छन् ।

     

    गौतमले नेतृत्व गरेको पार्टी एकता राष्ट्रिय अभियानको भर्चुअल बैठकले एमाले विभाजन भइसकेको अवस्थालाई मध्यनजर गर्दै माधव नेपालले नेतृत्व गरेको नेकपा (एमाले–समाजवादी) लाई सहयोग गर्ने निर्णय गरेको उनको सचिवालय सदस्य शैलेन्द्र राउतले जानकारी दिए ।

    हिजो निर्वाचन आयोगमा पार्टी दर्ताको लागि नेपालले बुझाएको सूचीमा गौतमको नाम समावेश छैन । वामदेवले यसअघि नै झलनाथ खनाल र नेपालले नयाँ पार्टी खोले आफूले साथ दिने बताएका थिए ।

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • # वामदेव

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार