केपी ओलीको पक्षमा ‘बा’ भन्ने मात्रै बाँकी छन् : माधव नेपाल

केपी ओलीको पक्षमा ‘बा’ भन्ने मात्रै बाँकी छन् : माधव नेपाल

  • माघ २६, २०७७ सोमवार
  • १५:३५:४४ बजे
  • 4.1K
    SHARES
  • केपी ओलीको पक्षमा ‘बा’ भन्ने मात्रै बाँकी छन् : माधव नेपाल
    फाइल तस्बिर

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली पक्षसँग असल मानिस नरहेको बताएका छन् । सोमबार एकिकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्को पहिलो बैठकलाई राजधानीमा सम्बोधन गर्दै उनले ओलीसँग ‘बा’ भन्न रुचाउने मान्छे मात्रै रहेको टिप्पणी गरेका छन् ।

    ‘केपी ओलीको पक्षमा ‘बा’ भन्ने मात्रै छन्,’ नेपालले भने, ‘त्यहाँ क्रान्तिकारी, सहयोद्धा छैनन् ।  हामीसँग असल मानिस छन् ।’ उनले ओलीसँग नाटक गर्न आरोप समेत लगाए । नेपालले भने, ‘ केपी ओलीसँग जोडिएका मान्छे नौटंकी गर्न मात्रै सिपालु छन् । उनीहरूले राजनीतिक कुरा गर्नु गफ मात्रै हो ।’ सूर्य चिन्ह आफूहरुले मात्रै पाउने दाबी गर्दै उनले भने,

    ‘ओली बा पार्टी खोल्दिए सबै भन्दा राम्रो । त्यो मन पराउने सबै उतै जान्छन्।’ नेपालले अहिलेको लडाइँ केपी ओलीविरुद्ध नभई केपी ओली प्रवृत्तिविरुद्धको भएको बताए ।

  • सम्बन्धित विषय:

  • # माधव नेपाल

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार