पर्वत जलजलामा पहिरोले एक जनाको मृत्यु, दुई जना घाईते 

पर्वत जलजलामा पहिरोले एक जनाको मृत्यु, दुई जना घाईते 

  • भाद्र ३, २०७८ बिहिवार
  • २०:१५:२२ बजे
  • 4.5K
    SHARES
  • पर्वत जलजलामा पहिरोले एक जनाको मृत्यु, दुई जना घाईते 

    बागलुङ : पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमासुख्खा पहिरोले ग्यारेज पुरेको छ ।

    बिहीबार साँझ वारीबेनी स्थीत रारा अटोमोबाईल माथीबाट गएको सुख्खा पहिरोको कारण एक जनाको मृत्यु भएको वारीबेनी प्रहरी चौकीले जनाएको छ ।

    मृत्यु हुनेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका ३८ वर्षिय टेकमान गर्बुजा रहेको प्रहरीले जनाएको छ ।

    पहिरो खसेपछि भाग्ने क्रममा दुई मजदुर घाईते भएका छन् । घाईते हुनेमा राजु ठाकुर र जन्की खानको रहेका छन् । उनीहरुको बेनी अस्पतालमा उपचार भैरहेको छ ।

    गाडी मर्मत गर्दा एक्कासी खसेको पहिरोको कारण ग्यारेजका साथै मृतक गर्वुजाको ग १ ज ६६३२ नम्बरको महिन्द्रा कम्पनीको बोलेरो जिप र ध १ ज ९८६ नम्बरको इको भ्यानमा क्षति पुगेको वारीबेनी प्रहरी चौकीका प्रहरी प्रमुख भरत गौतमले जानकारी दिएका छन् । 

     

     

  • सम्बन्धित विषय:

  • # पर्वत जलजला
  • # पहिरो

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार