बागलुङको गलकोटमा जीप दुर्घटना, ४ जना घाईते 

बागलुङको गलकोटमा जीप दुर्घटना, ४ जना घाईते 

  • भाद्र १३, २०७८ आइतवार
  • १८:०५:१५ बजे
  • 6.2K
    SHARES
  • बागलुङको गलकोटमा जीप दुर्घटना, ४ जना घाईते 

    बागलुङ : जिल्लाको गलकोट नगरपालिका—२ नरेठाँटीको मौरियामा जीप दुर्घटना भएको छ ।

    जीप दुर्घटनामा परी ४ जना घाईते भएका छन् । बागगलुङ बजारबाट गलकोट तर्फ जाँदै गरेको ध १ ज ८८ नम्बरको जिप दिउँसो करिब २ बजे  मौरियामा दुर्घटना भएको थियो ।

    दुर्घटनामा परी ५० वर्षिया कोपिला विक र उनकी २५ वर्षिय छोरी सिता विक घाईते भएकी छिन् ।

    उनीहरुलाई गलकोट स्थीत आरोग्य अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ । २८ वर्षिय लिला पौडेल, ३८ वर्षिय सुन्तली बोहोरा सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले बताए ।

    घाइते मध्ये कोपिला विकको टाउको तथा खुट्टा र सीता विकको निधार र नाकमा गम्भिर चोट लागेकाले मनिपाल शिक्षण अस्पताल पोखरामा रिफर गरिएको आरोग्य अस्पतालका सञ्चालक डा. टंकप्रसाद चालिसेले बताए ।

    जीप ब्रेक फेल भएका कारण दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ । 

    यो पनि पढ्नुहोस् 

    एमाले र जसपाका जनप्रतिनिधिले भदौ २२ गतेसम्म दल रोज्न पाउने

    काठमाडौं : निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको छ ।

    सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेका छन् । दुवै दलले ९ भदौमा मान्यता पाएका थिए ।

    अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिलाई २१ दिनभित्र दल रोज्न दिने व्यवस्था समेत छ । आयोगको आइतबार बसेको बैठकले २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको हो ।

    अब एमालेबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न चाहेमा २२ गतेभित्र सनाखत गर्नुपर्छ । यस्तै जसपाबाट प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले लोसपा प्रवेश गर्न चाहेमा पनि सनाखत गर्नुपर्नेछ ।

    प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्नुपर्छ । यसका लागि सक्कल नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा÷स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र लैजानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बागलुङ
  • # दुर्घटना
  • # गलकोट

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार