पहिरोमा पुरिएर एक जनाको मृत्यु

पहिरोमा पुरिएर एक जनाको मृत्यु

  • भाद्र १६, २०७८ बुधवार
  • १४:३२:२३ बजे
  • 2.4K
    SHARES
  • पहिरोमा पुरिएर एक जनाको मृत्यु
    फाइल तस्बिर

    अर्घाखाँची : पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।


    प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र अन्य तीन जना घाइते भएका थिए ।

    घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जनाइको छ । रासस

     

  • सम्बन्धित विषय:

  • # पहिरो
  • # पुरिएर

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार