पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु

पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु

  • आश्विन ६, २०७८ बुधवार
  • ०७:५०:१३ बजे
  • 5.9K
    SHARES
  • पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु
    फाइल तस्बिर

    गुल्मी : गुल्मीमा मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर वडा नम्बर ८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । माथिबाट आएको पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको मृत्यु भएको डीएसपी पाण्डेले बताए । तिलक परियारको घरमा ६ जनाको परिवार थियो । जसमध्ये ३ जना छोरीको मृत्यु भएको र तिलक,

    उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ । स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा तीन जनाकै शव बिहान साढे ४ बजे निकाली गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ ।

    राति करिब दुई बजे पहिरोले तीन जना पुरिएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ९एसपी० गोपालचन्द्र भट्टराईको कमाण्डमा २५ जनाको टोली घटनास्थल पुगेको थियो ।

    यो पनि पढ्नुहोस्
    बुर्तिबाङमा बाढीले दुई घर पुरिए, सात परिवार विस्थापित
    बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर २ तारीखेतमा घर माथिदेखि आएको भलसहिको बाढीले दुई घर पुरिएको छ । अविरल वर्षाका कारण ठाडो खोलामा आएको भलसहितको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाईलीको घर पूण रुपमा पुएिको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।

    राति १ बजे तिर आएको बाढी घर भित्र पसेको प्रहरीले जनाएको छ । बाढीले घर पुरिँदा मानविय क्षेति भने नभएको वन्तको भनाई छ । बाढीका कारण त्यस अवरपरका घरहरु पनि पहिरोको जोखिममा परेका छन् । राति बाढी घर भित्र पसेपछि त्यस घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरी प्रमुख जन्तले जानकारी दिए ।

    तमबहादुरको घरमा अन्य तीन परिवारहरु बस्दै आएका थिए । महतको घरमा बस्दै आएका मानबहादुर कुँवर, तिर्थबहादुर छन्त्याल र सरिता विकलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । बाढीका कारण सात परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

    घरसँग सालझण्डी-ढोरपाटन सडकमा समेत बाढीले क्षति पु¥याएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # सगरमाथा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार