यस्ता महिला शारीरिक सम्बन्ध गर्न बढी आकर्षित हुन्छन् ?

यस्ता महिला शारीरिक सम्बन्ध गर्न बढी आकर्षित हुन्छन् ?

  • पौष १३, २०७७ सोमवार
  • २०:२०:०६ बजे
  • 26.4K
    SHARES
  • यस्ता महिला शारीरिक सम्बन्ध गर्न बढी आकर्षित हुन्छन् ?

     एजेन्सी : महिलाको व्यक्तित्वका विषयमा अनेकखालका गलत प्रचार र भ्रम हाम्रो समाजमा ब्याप्त छन् । तर आकृति विज्ञानले भने शरीरको अंग र चालढालबाट व्यक्तिको परिचय लिन सहयोग मिल्छ ।

    आँखा, नाकलगायतका अंगले महिलाको यौ*न प्रतिको स्वभाव र रुचीका विषयमा अनुमान गर्न सकिन्छ । यद्यपी सबै महिला एउटै स्वभावका नहुन पनि सक्छन् ।

    आँखाको साइज गोलो र रंग कालो भएका महिलाहरु सेक्सका लागि अढी नै आकर्षित हुन्छन् भन्ने मान्यता रहेको छ । मदमस्त आँखा भएका महिला विपरित लिङ्गीप्रति चाँडै आकर्षित हुन्छन् ।

    सामान्य लम्बाइ तथा सिधा नाक भएका महिला सुन्दर, मेहनती मात्र हुँदैनन्, उनीहरु शारीरिक रुपमा अरुलाई आकर्षित गर्ने खालका हुन्छन् । अग्ला महिला भन्दा होचा महिलाहरु यौनमा अगाडि हुन्छन् ।

    विज्ञानसम्मत भने कुनै पनि व्यक्तिको शारीरिक अवस्थाले यौ*नमा आकर्षित हुने वा नहुने भन्ने कुरा हुँदैन । तर पूर्वीय दर्शनले विभिन्न प्रकारका कुराहरुले यौनमा आकर्षित महिलाका गुणहरुको व्याख्या गरेको छ ।

    शारीरिक सम्बन्ध टाउको दुखेको औषधि !

    नेपालमा मात्र होइन, संसारभर नियमित शारीरिक सम्पर्कले टाउको दुखाइ कम गर्ने मान्यता रहेको छ । विभिन्न प्रकारका अध्ययनले नियमित नभए पनि अल्पकालिन यौन सम्बन्धले यो कुरालाई सत्य सावित गरेको छ ।

    शारीरिक सम्बन्धको समयमा इन्डोरफिन निस्कने र यसले आनन्दको अनुभूति दिने गर्छ । यसलाई अफिमको जस्तै आनन्दको रुपमा लिने गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    इन्डोरफिनले पीडालाई नष्ट गर्छ । पीडानाशकको रुपमा लिने इन्डोरफिनले शारीरिक सम्बन्धपछि टाउको दुखाइ कम गर्ने काम गर्छ । महिलाहरुको महिनावारीमा पनि धेरै पेट दुखेमा शारीरिक सम्बन्ध कायम भएमा दुखाइ कम हुने मान्यता रहेको छ ।

    सक्रिय यौ*न क्रियाकलापले आयुमैसमेत सकरात्मक असर गर्ने बेलायती वैज्ञानिकहरुको अध्ययनको निष्कर्ष छ । मुटुरोग, डायबिटिजलगायतका रोगमासमेत सक्रिय यौन जीवनले फाइदा पुग्छ ।

    नियमित शारीरिक सम्बन्धले तौल नियन्त्रण हुन्छ ?

    आफ्नो तौल बढेर हैरान हुनु भएको छ भने अब तपाईंलाई खुसीको खबर छ । नियमित शारीरिक सम्बन्धले पनि तौल नियन्त्रणमा सहयोग गर्ने निष्कर्ष अनुसन्धानकर्ताले निकालेका छन् ।

    अमेरिकन एसोसिएसन अफ सेक्स एजुकेशनले गरेको एक अध्ययनअनुसार बेडरुममा २५ मिनेटसम्म यौ*न क्रियाकलाप गर्ने पुरुषको १ सय १ र महिलाको ७० क्यालोरी खपत हुन्छ । यसले तौल घटाउन मद्दत गर्छ ।

    शारीरिक सम्बन्धको माध्यमबाट छिटोछिटो तौल घटाउन चाहानु हुन्छ भने पोजिसनमा ध्यान दिनुपर्नेमा अनुसन्धानकर्ताले जोड दिएका छन् । यसो गर्दा शरीरको क्यालोरी खपत हुन्छ ।

    नियमित र सन्तुलित शारीरिक सम्बन्धले शरीरमा हर्मोनल ब्यालेन्स कायम गर्न सहयोग पुग्छ । यसले हाम्रो शरीरको तौल नियन्त्रणमा अचुक औषधिको काम गर्छ ।

    असन्तुलित तौल बढाउन सहयोग गर्ने एडिपोनिक्टिन र एस्ट्रोजेन हर्मोनलाई सन्तुलनमा राख्न पनि शारीरिक सम्बन्धले सहयोग गर्छ ।

    शारीरिक सम्बन्ध तौल मात्र होइन्, केही अध्ययनअनुसार मुटु रोग लाग्न रोक्ने उत्तम उपाय समेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    महिनावारीको रगत अनुहारमा दल्ने अनौठो परम्परा
    लौरा टेक्सिरा प्रत्येक महिना पृथ्वीसँग जोडिने एउटा संस्कार गर्छिन्। २७ वर्षीया उनी आफ्नो महिनावारी हुँदाको रगत जम्मा गर्छिन् र आफ्नो अनुहारमा लगाउँछिन्। बाँकीलाई पानीमा मिसाउँछिन् र त्यो पानी बिरुवामा हाल्छिन्।

    ‘सिडिङ द मुन’ भनिने यो प्रथा पूर्खादेखि चल्दै आएको परम्पराबाट प्रभावित छ। यो प्रथा अनुसार महिनावारी हुँदाको रगतलाई प्रजनन शक्तिको प्रतिक मानिन्छ। महिलाहरू जो यो अभ्यास गर्छन् उनीहरूको ‘मुन्स’ मनाउने आफ्नै तरिका छ। उनीहरू महिनावारीको चरण र चक्रको आआफ्नै तरिकाले अर्थ लगाउँछन्।

    लौराले बिरुवामा पानी हाल्नका लागि आफ्नो मन्त्र भएको बीबीसीलाई बताइन् ‘म क्षमा चाहन्छु, मलाई माफ गर्नुस्, म माया गर्छु र म तपाईँप्रति कृतज्ञ छु’ उनले दोहोर्‍याइन्। ‘मैले पानी हालेका बिरुवाहरूले राम्रो पोषण पाएको र राम्रोसँग हुर्किएको देखेकी छु,’ उनले भनिन्।

    तर जब उनले महिनावारी हुँदाको रगत शरीरमा दल्छिन्, उनले भनिन् उनी आँखा बन्द गर्छिन् र आफू उर्जावान् भएको महसुस गरेर कृतज्ञ हुन्छिन्।

    लौराका लागि यो चलन महिला सशक्तिकरणको विषयसँग पनि जोडिएको छ। उनले भनिन्, “महिनावारी हुँदाको रगतबारे समाजको धारणा एकदमै विभेदपूर्ण छ र महिनावारी हुँदा स्वयं महिलाले पनि त्यही महसुस गर्छन् भन्ने विषय लज्जाजनक हो।”

    ‘सिडिङ द मुन एकदमै साधारण र महिलालाई मनको शान्ति दिने एकदमै शक्तिशाली तरिका हो’ सन् २०१८ मा ‘वर्ल्ड सीड योर मून डे’ कार्यक्रम सुरु गर्ने लेखिका, नर्तकी तथा साइकोथेरापिस्ट मोरेना कार्डोसोले भनिन्।

    गत वर्ष उक्त कार्यक्रममा दुई हजार व्यक्ति उपस्थित भएका थिए जसले महिनावारीको रगत मिसाइएको पानी बिरुवामा हालेका थिए।

    उक्त कार्यक्रम गर्नुको उद्देश्यबारे मोरेनाले भनिन्, ‘महिनावारीका बेला हुने रक्तस्राव लज्जाको विषय नभइ शक्ति र गौरवको कुरा भन्ने मानिसले बुझुन्।’ उक्त कार्यक्रम अब अगस्ट ४ तारिखमा हुँदैछ।

    मोरेनाका अनुसार उत्तर अमेरिका (मेक्सिकोसहित) र पेरुका आदिवासी संस्कृतिमाझ जमिनलाई उर्बर बनाउनका लागि महिनावारीको बेलाको रगत हाल्ने गरिन्छ।

    यसलाई महिलाहरूको आध्यात्मिक कार्य र किशोरीहरू महिला हुने एउटा संस्कारको मार्गका रुपमा पनि हेरिन्छ। तर अन्य समाजहरूमा भने महिनावारीको रगतलाई लिएर एकदमै नकारात्मक धारणा रहेको मानवशास्त्री ड्यानिला टोनेल्ली मनिकाले बताइन्।

    उनले महिनावारीकै विषयमा ब्राजिलको युनिक्याम्प विश्वविद्यालयमा मानवशास्त्री भएर २० वर्ष काम गरेकी छन्। “महिनावारी हुँदाको रगतलाई काम नलाग्ने भनेर हेरिन्छ,” उनले भनिन्, “यसलाई दिसापिसाब जस्तै कसैले नदेख्ने गरी केवल बाथरुमभित्र फालिने वस्तुजस्तो गरी त्यही श्रेणीमा राखिन्छ।”

    सन् १९६० मा महिलाहरूको आन्दोलनले यी धारणाहरू परिवर्तन गर्ने प्रयास गरेको थियो। त्यतिबेला महिलालाई उनीहरूको शरीरबारे खुलेर कुरा गर्न प्रोत्साहित गरिएको थियो।

    त्यसपछि कलाकारहरूले महिनावारी हुँदाको रगतलाई लैङ्गिक र राजनीतिक अनि पर्यावरणबारे धारणा व्यक्त गर्न प्रतीकका रुपमा प्रयोग गरेका थिए।

    “बिरुवामा पानी हाल्ने कामले मेरो आँखा खोलिदियो। हाम्रो गर्भाशय जस्तै पृथ्वी पनि एउटा ठूलो गर्भाशय हो जसले अंकुरण गर्छ” इन्टरनेटबाट यो प्रथाबारे थाहा पाएकी रेनाटा रिबेइरोले भनिन्।

    “हामीलाई पृथ्वीले जे दिएको छ त्यो उसलाई फिर्ता गर्नु मलाई लाग्छ जायज हो।” उनी नुहाउँदा महिनावारी हुँदाको रगत जम्मा गर्छिन् र तुलसी रोपेको भाँडोमा हाल्छिन्।

    रेनाटाले पुदिना पनि रोपेकी छन् र त्यसमा चाहिँ त्यस्तो रगत मिसिएको पानी हाल्दिनन्। उनका अनुसार त्यो विरुवा लत्रिएको देखिन्छ। उनले ठट्टा गर्दै त्यो कुपोषित भएको बताइन्।

    ४३ वर्षीया उनको पहिलोपटक उनी किशोरी अवस्थामा प्रवेश गर्दा महिनावारी भएको थियो। उनले त्यतिबेला सुनेकी थिइन्, ‘अब तिमी महिला भयौ, तिम्रो प्रत्येक महिना महिनावारी हुन्छ तर त्यो कसैले थाहा पाउन आवश्यक छैन।’

    उनले त्यसलाई नियमित एउटा झर्को लाग्दो कुराका रुपमा हेरिन्। र पुरुषहरूको डाहा गरिन् जसले यो सबै झेल्नुपर्दैन। अहिले भने उनी आफ्नो महिनावारीलाई पवित्र कुराका रुपमा हेर्छिन्।

    १४ देखि २१ वर्ष उमेर समूहका १५ सय महिलामा गरिएको एउटा विश्वव्यापी सर्वेक्षणले अझै कतिपय समाजमा यो विषय बर्जित छ भन्ने देखाउँछ।

    जोनसन एण्ड जोनसनले ब्राजिलमा गरेको उक्त अध्ययनका अनुसार भारत, दक्षिण अफ्रिका, अर्जेन्टिना र द फिलिपिन्समा महिलाहरू स्यानीटरी सामाग्री किनेको, फालेको वा महिनावारीका बेला बसिरहेको ठाउँबाट उठ्न लज्जित महसुस गर्छन्।

    युवा फिल्मनिर्माता रेका जेहताब्चीले निर्देशित गरेको एउटा सानो वृत्तचित्र 'पिरियड। वाक्यको अन्त्य', मा भारतको हापुर क्षेत्रका स्थानीय महिलाले अन्य महिलालाई स्यानीटरी प्याड सहज रुपमा पाइयोस् भन्नका लागि गरिएको प्रयास देखाइएको छ।

    यी मध्ये एकले महिनावारी हुँदाको रगत अपवित्र भएको बताएकी छन् भने अर्कीले स्यानीटरी प्याडको पहुँच कम हुँदा विद्यालय छोड्न बाध्य भएको स्वीकारेकी छन्।

    बहिया संघीय विश्वविद्यालयकी ७१ वर्षीया सामाजिक मानवशास्त्री सेसिलिया सार्डेनवर्गले आफू पहिलोपटक महिनावारी हुँदाको समयमा त्यसबारे विरलै कुराकानी हुने गरेको सम्झिइन्।

    महिनावारीबारे रहेका गलत बुझाइ हटाउनका लागि आजकाल महिनावारीबारे बोल्न नलजाउने महिलाहरू एकदमै महत्त्वपूर्ण भएको उनले बताइन्।

    तर सिडिङ द मुनको अभ्यास स्वीकार गर्न सबै तयार छैनन्( र लौराले गत जुनमा महिनावारी हुँदाको रगत अनुहार र छातीमा दलेर खिचेको सेल्फी पोष्ट गरेर कोलाहल मच्चाइन्।

    ‘मेरो जम्मा तीनसय फलोअरहरू थिए र मैले सोचेकी थिएँ त्यो पोष्ट गर्दा यो विषयबारे महिलालाई सघाउ पुग्नेछ,’ उनले भनिन्। त्यसको चार दिनपछि इन्स्टाग्राममा उनको हाँसो उडाइयो।

    ब्राजिलका एकजना विवादित हाँस्यकलाकार डनिलो जेन्टिलीले उक्त फोटोलाई १ करोड ७० लाख फलोअर भएको इन्स्टाग्राममा शेअर गरे। उनले उक्त पोस्टमा लेखे, 'महिनावारी हुँदाको रगत सामान्य हो तर के असामान्य हो भने त्यसलाई आफ्नो अनुहारमा लगाउनु।'

    तर उनको ठट्टामिश्रित उक्त पोस्टमा २३ सय वटा प्रतिक्रिया आए जसमा नकारात्मक धेरै छन्। लौराले यो विषयले समाजमा महिनावारीको विषय अझै पनि कति वर्जित छ भन्ने पुष्टि गरेको बताइन्।

    उनले भनिन्, ‘मानिसहरूले सोच्छन् कि यदि उनीहरूलाई केही सामान्य लागेन भने त्यो पक्कै पनि अवास्तविक हो। उनीहरूलाई लाग्छ कि घृणा फैलाउने शब्द प्रयोग गरेर कसैको चित्त दुखाइ उनीहरू मोबाइल फोनको पछाडि लुक्नसक्छन्।’

    “यो मेरो रगतबाट निस्कने रगत हो र यसबारे के सामान्य हो र के होइन भन्ने निधो मैले गर्छु। मैले कसैको जीवनमा हस्तक्षेप गरेकी पनि छैन।”

    लौराले भनिन्, ‘मानिसलाई नराम्रो गाली दिनु चाहिँ असामान्य हुनुपर्ने हो। म यस्तो गर्न त्यो दिन बन्द गर्छु जुन दिन मानिसहरूले महिनावारीको रगतलाई प्राकृतिक हो भनि हेर्न थाल्नेछन्।’ -बिबिसी

  • सम्बन्धित विषय:

  • # सगरमाथा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार