बुर्तिबाङमा कांग्रेसको विरोध सभा, ओलीको उखान टुक्काले मुलुक चल्दैन

बुर्तिबाङमा कांग्रेसको विरोध सभा, ओलीको उखान टुक्काले मुलुक चल्दैन

  • पौष २५, २०७७ शनिवार
  • १५:४८:४३ बजे
  • 4.2K
    SHARES
  • बुर्तिबाङमा कांग्रेसको विरोध सभा, ओलीको उखान टुक्काले मुलुक चल्दैन

    छविलाल पाण्डे, बुर्तिबाङ : नेपाली काँग्रेसले शनिबार देशभरका प्रदेश तहमा आयोजना गरेको विरोध सभा बागलुङ क्षेत्र नम्बर २ अन्र्तगत प्रदेश (ख) को बुर्तिबाङ बजारमा सम्पन्न भएको छ । 

    विरोध सभामा बोल्ने वक्ताहरुले केपी ओली नेतृत्वको नेकपा सरकारले संविधानलाई कुल्चिँदै देशलाई गम्भीर दुर्घटनामा लगेको बताएका छन् । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापती दोर्णकुमार कुवँरले देशलाई दुर्घटनामा पार्दै भ्रष्टहरुको जमातले बलात्कार, हत्या हिंसासँगै काण्डै काण्डमा फसेर

    जनताले दिएको भिमतालाई अपमान गरेको आरोप लगाए । नेपाली काँग्रेसले करिब दुई तिहाइको सरकारलाई सहज रुपमा काम साथ दिए पनि दिनानु दिन काण्डै काण्डमा सरकार अल्झिएका कारण अब त्यसको खबरदारी कांग्रसले सशक्त रुपमा गर्ने बताए । 

    ‘कमेडियन ओलीको कमेडी र उनका छाउराहरुको अराजक गतिविधिकले देशमा अस्थिरता सिर्जना गर्न थाल्यो’ उनले भने ‘१० वर्ष जनआन्दोलनका नाउँमा जनतालाई वाक्य बनाएर सत्तामा पुगेका प्रचण्डका कारणले जनताले धेरै दुख खेप्नुपरेको छ ।’

    नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी जित शेरचनले वर्तमान ओली सरकारले कमेडी गर्न बाहेक अरु केह ीगर्न सकेको भन्दै अब देश उखान टुक्काले नचल्ने बताए ।उनले जनताको योगदानले बनाएको संविधानलाई कुल्चँदै संसद विघटन गरेर प्रतिगामी, दक्षिणपन्थी ओली सरकारले कुठाराघात गरेको आरोप लगाए । 

    सुखी नेपाली समृद्ध नेपाल बनाउने नारा बोकेको कम्युनिष्ट सरकारले भ्रमको खेती बाहेक केहि काम गर्न नसकेको भन्दै एक आपसमा सत्ताका निम्ति टुटफुट भएर जनतालाई घात गरेको बताए ।  उनले स्थानीय तहमा समेत त्यहीँ परिपाटी दोहोरीएका कारण अब त्यसको विरुद्ध नेपाली काँग्रेसले खण्डन गर्ने बताए । 

    कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि टेकराज पौडेलले सत्ताको उन्मातमा रोमलीएको ओलीले संविधान विपरीतको काम गरेको भन्दै सर्वोच्च अदालतले दिने निर्णयलाई आत्मसाथ गर्दै पार्टी जनताको बिचमा जाने बताए । 

    निर्वाचनदेखि काँग्रेस कहिल्यै नडगमाउने बताउँदै उनले सर्वोच्चले गरेको फैसलालाई लिएर निर्वाचन भएमा निर्वाचनमा समेत सहभागी हुन तयार रहने बताए ।  कार्यक्रममा महादिवेशन प्रतिनिधी अर्जुन शेरचन, सागर छन्त्याल, नेपाल महिला संघ केन्द्रीय सदस्य दिलमाया पौवीले ओली, प्रचण्ड र माधव नेपालको नेकपा

    नामको सत्ता र शक्तिका कारण देशमा विरोध, आन्दोलन सुरु भइरहेको बताए । लोकतन्त्रको रक्षा, जनताको हक अधिकार र देशमा भइरहेको हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारसँगै संसद विघटनको विरुद्धमा नेपाली काँग्रेस सडकम मार्फत विरोधमा उत्रिएको बताए ।

    कार्यक्रमका अवसरमा नेपाली काँग्रेस जिल्ला सदस्य तथा निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, नेपाली काँग्रेसका नेता कार्यक्रता, भातृ संघगठन, सुवेच्छुक लगाएतका कार्यकर्ताको सहभागीताको रहेको थियो । क्षेत्र नम्बर २ बागलुङ प्रदेश २ (ख) का सभापती नरजंग घर्तीको अध्यक्षता प्रदेश र सचिव दिपेन्द्र श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सगरमाथा

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार