बडिगाडमा स्थापना भयो होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ

बडिगाडमा स्थापना भयो होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ

  • पौष २०, २०७७ सोमवार
  • ०८:१९:११ बजे
  • 5.2K
    SHARES
  • बडिगाडमा स्थापना भयो होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ

    अनषि पाठक, बडिगाड : होटल तथा रेष्टुरेण्ट संचालन गर्दा व्यवसायीले सरसफाई, स्थानीय उत्पादन तथा मदिरा नियन्त्रणलाई विशेष ध्यान दिनुप्रर्ने एक कार्यक्रमका सहभागीले बताएका छन । 

    आईतबार बडिगाड गाँउपालिकामा बडिगाड होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको औपचारीक उद्घाटन तथा घोषण कार्यक्रममा बोल्ने वक्ताले स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिनु पर्ने बताएका छन् ।

    गाँउपालिकाका अध्यक्ष मेहरसिंह पाईजाले कोरोनाका कारण अस्तव्यस्त बनेको व्यवसाय उठाउन यस संगठनले भुमिका खेल्नुपर्नेमा जोड दिए ।

    पालिका भित्रने पर्यटकलाई समय अनुसारको परिकार उपलब्ध गराउन आग्रह गर्दै पाईजाले व्यवसाय सफल बनाउन अन्यत्रका व्यवसायीले गरेका राम्रा कामको सिको गर्न सकेमात्र पनि सफल बन्न सकिने बताए । 

    मदिरा नियन्त्रणमा होटल व्यवसाईको ठुलो हात हुनेहुदाँ त्यसमा सहयोग गरिदिन समेत व्यवसायीलाई आग्रह गरे ।

    संघका सल्लाहाकार संयोजक तथा होटल संचालक सुनिल शेरचनले संघ स्थापनाको बारेमा जानकारी गराउदै अबको व्यवसाय परम्परागत रुपमा गरेर नहुने बताए । 

    अर्गानिक र स्थानिय उत्पादनका परिकार पछिलो समय ग्रहाकले बढि रुचाउने गरेकोले त्यस्ता उत्पादनमा पनि ध्यान दिन शेरचनले आग्रह गरे ।

    त्यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताले मदिरा प्रयोगको लागि समय तोक्न, पालिका आउने प्रर्यटकलाई रोक्न सुविधा सम्पन्न र प्रयाप्त व्यवसाय संचालन गर्न साथै कम मुल्यमा ताजा, शुद्ध र सफा परिकार ग्रहाकलाई पस्कन आग्रह गरेका थिए ।

    संघका अध्यक्ष तिल बहादुर खत्रीको अध्यक्षता रहेको कार्यक्रम सदस्य सुमित्रा घिमिरे क्षेत्रीको स्वागत तथा सचिव दिपेन्द्र प्रताप केसीको संचालनमा सपन्न भएको थियो ।

    साथै सोहि कार्यक्रमको अबसरमा संघको कार्यालय बडिगाड ५ एक्ले खेतमा रहने जानकारी गराइएको थियो । 

  • सम्बन्धित विषय:

  • # सगरमाथा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार