बुर्तिबाङ : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखाले पाँचौ वर्ष प्रवेशको अवसरमा विद्यार्थीलाई स्टेशनरी हस्तान्त्रण गरेको छ । कम्पनीले वार्षिक उत्सवका अवसमा सामाजिक उत्तरदायित्व बहन गर्दै निसीखोला गाउँपालिका–७ मा रहेको गणेश प्राथमिक विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीलाई स्टेशनरीका सामग्री हस्तान्त्रण गरेको हो ।
गरिब, दलित, जेहेन्दार विद्यार्थीहरुलाई उनिहरुको पढाईमा सहयोग पुगोस भन्ने उद्देश्य स्वरुप आफुहरुले विद्यालयमा पुगेर विद्यार्थीलाई स्टेशनरीका सामग्री हस्तान्त्रण गरेको शाखा प्रबन्धक छविलाल पाण्डेले बताए । विद्यार्थीलाई अध्ययन गर्नका निम्ति प्रर्याप्त मात्रामा स्टेशनरी अभाव भइरहेको अवस्थामा दुर्गम क्षेत्रको सामुदायिक विद्यालयमा आएर बालबालिकाको हितका लागि स्टेशनरी हस्तान्त्रण गरेएको भन्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रताप कुवँरले धन्यबाद दिए ।
विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समति पदाधिकारी, शिक्षक लगाएतको सहभागिता रहेको आयोजित कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीका शाखा प्रबन्धक पाण्डेले बोल्दै विद्यार्थीको उज्वल भविष्यका लागि आफुहरुले सहयोग गरेको भन्दै आगामी दिनमा समेत सहयोग गर्दै जाने बताए । कार्यक्रम विद्यालयका प्रअ रामबहादुर कुवँरको सञ्चालनमा सम्पन्न भएको थियो ।