बुर्तिबाङ : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्धारा मृत्यु दाबी भुक्तानी बापत १३ लाख रुपैयाँको चेक हस्तान्त्रण गरीएको छ । बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ७ राजकुट घरभई बैदेशिक रोजगारीको शिलसिलामा मलेसियामा रोजगार गर्दे आउनु भएका ३० वर्षीय रामबहादुर श्रेष्ठको व्लड प्रेसरका कारण गत साउन ८ गते निधन भएको थियो ।
वैदेशिक रोजगार म्यादी बीमा गर्नुभएका मृतक श्रेष्ठकी श्रीमती तारा श्रेष्ठले श्रीमानको मृत्यु पश्चात मृत्यु दावि भुक्तानीका निम्ती कम्पनीमा निवेदन पेश गरेकी थिइन । कम्पनीको तर्फदेखी आज एक कार्यक्रमको आयोजना गर्दे विमाङ्क वापतको रु १० लाख, दाहा संस्कारका निम्ती रु १ लाख र आय नोक्सानी वापतको रु २ लाख रुपैयाँ गरी एकमुष्ट रु १३ लाख रुपैयाँको चेक हकवाला तारा श्रेष्ठलाई हस्तान्त्रण गरीएको हो ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखाद्धारा पिडितको गाउँमै पुगेर निसीखोला गाउँपालिका ७ का वडा अध्यक्ष तेजेन्द्र विक्रम कुवँर र वडा सदस्य रुपेश प्रसाद श्रेष्ठको विशेष उपश्थितीमा चेक हस्तान्त्रण गरीएको हो ।
आयोजित कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीका साखा प्रवन्धक छविलाल पाण्डेद्धारा पीडित परिवारलाई चेक हस्तान्त्रण गर्दे सम्पुर्ण परिवारको सुखद भविष्य,समृद्धि र उत्तर उत्तर प्रगतिको कामना गर्दे जिवन वीमा मानिसका निम्ती अपरिहार्य भइसकेको बताउँदै बीमा गर्दा हुने पाइदा र वचतका विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष तेजिन्द्र विक्रम कुवँरले बोल्दै आफुले आफनो आम्दानी अनुसारको वीमा गर्न सकेमा भइपरी आउने जोखिम न्युनिकरण गर्न र भविष्यमा आफनो बचतले समेत राम्रो काम गर्ने भएका कारण जिवन बीमाको आवस्यकता बद्दै गएको बताउँदै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएका बीमा योजना, कार्यक्रम उत्कृष्ट रहेको बताए ।
कार्यक्रममा स्थानिय बासी, समाजसेवी, सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीमा आवद्ध एजेन्सी लगाएतको उपश्थिती रहेको थियो । कार्यक्रम एजेन्सी रामबहादुर कुवँंरको सञ्चालनमा सम्पन्न भएको हो ।