सिटिजन लाईफ इन्स्योरेन्सले दियो बडिगाडका सुनिल केसीको परिवारलाई मृत्यु दाबी भुक्तानी

सिटिजन लाईफ इन्स्योरेन्सले दियो बडिगाडका सुनिल केसीको परिवारलाई मृत्यु दाबी भुक्तानी

  • श्रावण १९, २०७८ मंगलवार
  • १५:४८:५९ बजे
  • 7.7K
    SHARES
  • सिटिजन लाईफ इन्स्योरेन्सले दियो बडिगाडका सुनिल केसीको परिवारलाई मृत्यु दाबी भुक्तानी

    बुर्तिबाङ : सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ९ का स्वर्गीय सुनिल केसीको परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ । सिटिजन लाईफ इन्स्योरेन्स बुर्तिबाङ शाखामा २०७६ बैसाखमा आफनो छोरा समृद्ध केसीको नाममा हकवाला बसेका ३४ वर्षीय केसीको कोभिड १९ का कारण गत २०७८ बैसाख २९ गते उपचारको क्रममा मृत्यु भएको थियो ।

    केसीको मृत्यु भएपछि इन्स्योरेन्स कम्पनीले बीमा सम्झौता बमोजिम विमित तथा परिवारले पाउने सेवा सुविधा स्वर्गी य केसीको घरमै गएर मृत्यु दावी भुक्तानी र भावि दिनमा पाउने सेवा सुविधाका विषयमा जानकारी गराइएको हो । कम्पनीको तर्फदेखि स्वर्गीय के.सीकी श्रीमती कल्पना अधिकारी के.सीको प्रभु बैँक बडिगाड शाखामा बीमाङ्क रकम बराबर पाँच लाख रुपैयाँ र काजक्रिया तथा अन्य सुविधा बापत ५० हजार गरी एक मुष्ठ रुपमा बैँक खातामा पाँचलाख पचास हजार रुपैयाँ रकम जम्मा गरिदिएको छ । 

    त्यसैगरी केसीको मृत्यु भएको पछिल्लो महिनादेखि लागु हुने गरी बीमा अवधि समाप्तीसम्म बच्चा समृद्ध के.सीको अध्ययन खर्च तथा पारिवारीक खर्चका निम्ती बीमाङ्कको १ प्रतिशत अर्थात मासिक पाँचहजार रुपैयाँका दरले बीमित बच्चाको खातामा कम्पनीले रकम जम्मा गरीदिने, वार्षिक रुपमा तिर्नुपर्ने बीमा वापतको किस्ता मिनाहा हुने र बीमा अवधि समाप्ती पश्चात बीमाङ्क रकम र आर्जित बोनस रकम एकमुष्ठ रुपमा

    बीमितले पाउने सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखाका प्रबन्धक छविलाल पाण्डेले बताए ।  बडिगाड गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष कृष्ण बहादुर खत्रीको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा बडिगाड गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य दिपेन्द्र प्रताप केसी. फुलवारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रताप कुवँर, संस्थापक अध्यक्ष एवम शिक्षक भरत बहादुर केसी 

    1.jpg

    ग्रामीण सहकारी संस्थाका अध्यक्ष लिला बहादुर कुवँर, सिटिजन लाईफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर शिवलाल पाण्डे, अमर बहादुर क्षेत्री, हिमशिला कुवँर, खिमा रेश्मी बुढा, विनोद विश्वकर्मा लगाएत स्थानीय समाजसेवी, बुद्धिजिवीको उपस्थितीमा मृत्यु दावी भुक्तानी गरिएको हो । आयोजित कार्यक्रममा स्वर्गीय केसीका बाबा नर बहादुर क्षेत्रीले बोल्दै सिटिजन लाईफ इन्स्योरेन्सले आफनो छोरा

    गुम्दै गर्दा पीडामा रहेको परिवारलाई आर्थिक रुपमा मलहम लगाउने काम गरेको बताए । आफ्नो छोराले जम्मा दुई बर्षको दुई किस्ता ६२ हजार रुपैयाँ रकम वीमामा जम्मा गर्दे गर्दा धेरै सेवा तथा सुविधा उपलब्ध गराएकोमा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीलाई धन्यबाद ज्ञापन गर्नुभयो । 

    उनले थप बोल्दै  आफ्नो र परिवारको सुरक्षाका लागि जिवन बीमा महत्वपूर्ण हुने बताउँदै समयमै सबैले आफनो क्षमता अनुसार बीमा गर्न आवस्यक रहेको बताए । वडा अध्यक्ष कृष्ण बहादुर खत्री, समाजसेवी भरतबहादुर के.सी, प्रताप कुवँर लगाएतले आफनो धारणा राख्दै बीमाले भौतिक शरिर रहँदा

    viber_image_2021-08-03_15-02-11-144.jpg

    होस् या नरहँदा आफ्नो र परिवारको सुरक्षा र भविष्यका निम्ती बीमाले आर्थिक रुपमा महत्वपूर्ण सहयोग पु¥याउने बताउँदै सिटिजन लाईफ इन्स्योरेन्सको सेवा तथा सुविधा आफैमा उत्कृष्ट रहेको बताए । कार्यक्रममा मृत्यु दावी भुक्तानी बापतको सेवा सुविधा सहितको

    पत्र स्वर्गीय सुनिल के.सीकी श्रीमती कल्पना अधिकारी के.सीलाई हस्तन्त्रण गरिएको हो । कार्यक्रम सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखा प्रबन्धक छविलाल पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सिटिजन लाईफ इन्स्योरेन्स
  • # मृत्यु दाबी भुक्तानी

  • विनाेद विश्वकर्मा

    उहाँ बागलुङ पोस्ट डटकमका सम्वाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार