‘बहुमतको मुख्यमन्त्री हटाउन खोजे प्रदेश सभा विघटनको विकल्प छैन’

‘बहुमतको मुख्यमन्त्री हटाउन खोजे प्रदेश सभा विघटनको विकल्प छैन’

  • पौष १६, २०७७ बिहिवार
  • १८:४०:३१ बजे
  • 4.3K
    SHARES
  • ‘बहुमतको मुख्यमन्त्री हटाउन खोजे प्रदेश सभा विघटनको विकल्प छैन’

    अनुप पौडेल, पोखरा : नेकपाको विवादले देश र यहाँको राजनीति कुन दिशामा जान्छ भन्ने यकीन छैन ।

    पछिल्लो २ हप्तामा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र पृथ्वीसुब्बा गुरुङ समस्या समाधानका लागि काठमाडौं धाइरहेका छन् ।

    उनी आफैं भन्छन्, ‘काठमाडौं जाँदाजाँदा थाकिसकें । १ दिन यहाँ हुन्छु, अर्को दिन उता ।’ राष्ट्रिय जनमोर्चाको समर्थनपछि

    उनको मुख्यमन्त्री पद तत्कालका लागि सुरक्षित छ । कांग्रेस र आफ्नै पार्टीको गुटले चाल्ने कदमले उनको कुर्सी के हुन्छ भन्ने यकीन गर्नेछ ।

    पार्टी केन्द्रको विवादले प्रदेशमा पारेको प्रभावबारे मुख्यमन्त्री गुरुङले बुधबार खुलेर कुरा राखे । काठमाडौं पोखरा आउजाउ गर्नमै व्यस्त उनले नवौं संस्करणको नेपाल साहित्य महोत्सवको सेसन ‘प्रदेशबाट देखिने

    देशमा’वर्तमान परिस्थितिबारे बहस गरे । उनीसँग सहजकर्ताका रुपमा पत्रकार वसन्त बस्नेत थिए । मुख्यमन्त्री गुरुङ अझै पार्टी एक हुनुपर्छ भन्ने पक्षमा छन् ।

    त्यसैले उनी आफ्नो क्याबिनेटमा भएका अर्को गुटका २ मन्त्री नहटाउने योजनामा छन् । ‘मलाई एकता नचाहिने भए उताका मन्त्रीलाई हटाइदिन सक्थें ।

    हटाएको छैन नि,’ उनले भने, ‘राजीनामा दिए केही लाग्दैन । त्यतिबेला विकल्प सोच्नुपर्छ । मैलेचाहिँ उहाँहरुलाई हटाउँदिन ।’

    केपी ओलीको यो कदम असंवैधानिक नरहेको गुरुङले दाबी गरे । ‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गरेर चुनावमा जाने अधिकार हुन्छ, यो ध्रुव सत्य हो ।’

    लोकतन्त्रमा सबैभन्दा ठूलो शक्ति जनता हुन् । त्यसैले प्रधानमन्त्रीले गलत र सही छुट्याउने अधिकार जनतालाई दिएको उनको भनाइ छ ।

    उनले अहिले विवाद उत्कर्षमा पुगे पनि प्रधानमन्त्रीविरुद्ध पहिल्यैबाट षड्यन्त्र हुँदै आएको दाबी गरे । ‘यती’जस्तै शक्तिले अराजक गतिविधि गरिरहेको उनले सुनाए ।

    ‘भित्रबाट वा बाहिरबाट तर नेपालमा यती ९हिममानव० जस्तै शक्तिले अराजक गतिविधि गरिरहेको छ,’ उनले थपे, ‘यतीलाई हामीले देखेका छैनौं । त्यस्तै शक्तिले यो अवस्था सिर्जना गर्‍यो ।’

    सहजकर्ता बस्नेतले मुख्यमन्त्री गुरुङलाई गण्डकीबाहेक अरु प्रदेशका नेता पार्टी फुटाउन किन कस्सिए भनेर प्रश्न गरे । उनले गण्डकीमा सरकारको नेतृत्वमा समस्या नरहेकाले त्यो परिस्थिति नआएको दाबी गरे ।

    ‘वारपार लाग्नेहरुले पनि तलमाथि किन गर्नुपर्‍यो, पार्टी एकता हुनु पहिले वाम गठबन्धनकै सरकार बनाएको हो। त्यसैले पहिलेकै जस्तो राख्दिए भइहाल्यो नि भन्ने छ,’ उनले भने ।

    संघीयतामा भने यसले कुनै प्रभाव नपार्ने मुख्यमन्त्री गुरुङले दाबी गरे । संघीयताबारे भने उनले निकै गुनासो पोखे । नेपालले कमजोर संघीयता अबलम्बन गरेको उनको भनाइ छ ।

    संविधान जारी भएपछि अहिले लागु गरिएको संघीयतालाई छलफल नै नगरी ल्याइएको उनले टिप्पणी गरे। ‘त्यो बेलामा जसरी पनि संविधान जारी गर्नुपर्ने परिस्थिति थियो ।

    हामीले कमजोर किसिमको संघीयता ल्यायौं,’ उनले भने, ‘मेरो त अझै पनि गुनासो छ ।’  बस्नेतले प्रदेश विघटनको योजना भएरनभएकोबारे अर्को प्रश्न तेस्याए ।

    उखान जोड्दै मुख्यमन्त्रीले आफ्नो जवाफ फर्काए । ‘लासामा सुनै सुन भएर मलाई के हुन्छ रु कान खाली भएपछि,’ उनले प्रष्ट्याउँदै भने, ‘पार्टीमा बहुमत भएर के हुन्छ, बहुमतको प्रधानमन्त्रीलाई कामै गर्न नदिएपछि ।’

    उनले प्रदेशमा बहुमतको मुख्यमन्त्रीलाई हटाउने प्रयत्न भए विघटनको विकल्प नभएको जिकिर गरे । वैशाखमा मध्यावधि चुनाव हुने मुख्यमन्त्री गुरुङले दाबी गरे ।

    अहिलेको परिस्थितिलाई २०५१ सालको विघटनसँग उनले तुलना गरे । ‘नेपाली कांग्रेसमा नेता कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले गिरिजाप्रसाद कोइरालाले एकलौटी गर्‍यो, हामीलाई मान गरेन भनेर विरोध गरे ।

    गिरिजाको पुत्ला जलाइयो, जुत्ताको माला लगाइयो । त्यसपछि उनी जनतामा गएका थिए, अहिले पनि त्यही भएको हो,’ गुरुङले भने ।

    २६ भदौमा भएको सम्झौता कार्यान्वयनमा प्रचण्डले चासै नदिएको उनले आरोप लगाए । ‘कार्यकारी अध्यक्षको काम पार्टी व्यवस्थित गर्ने हो ।

    पार्टीको काममा उहाँ ९प्रचण्ड० ले १ सेकेन्ड पनि लगाउनुभएन,’ उनले भने, ‘अर्को अध्यक्षलाई दिइएको मन्त्रिमण्डल फेरबदल, राजनीतिक नियुक्ति र प्रधानमन्त्रीको बद्ख्वाइँमात्रै गर्ने रु’

    जिल्ला समन्वय समिति आवश्यक नभएको मुख्यमन्त्री गुरुङले औंल्याए । संविधान र संघीयताको मर्मले जिल्ला समन्वय समितिको आवश्यकता नदेखाउने उनको बुझाइ छ ।

    मुख्यमन्त्रीले संघीयतालाई डमरुको संज्ञा दिए । जसमा संवैधानिक रुपमा प्रदेश सरकारलाई कमजोर बनाइएको छ, स्थानीय सरकारलाई नसक्ने जिम्मेवारी दिइएको उनको भनाइ छ ।

    प्रस्तोता बस्नेतले मुख्यमन्त्री भएर काम गर्न नसकेको क्षोभको तुष निकाल्नुभएको हो कि भन्ने प्रश्न गरे । ‘म मुख्यमन्त्री हुनुमा मलाई कुनै पनि दुःख छैन,’ मुख्यमन्त्री गुरुङले जवाफ फर्काए, ‘ कसैले केही लोभीपापी कुरा

    लिएर मेरो दैलोमा आयो भने मैले पूरा गर्दिनँ । तर यदि यो ठाउँका ५१ प्रतिशत जनताले उनले काम गर्न सकेका छैनन् भनेर मत राख्छन् भने आजै राजीनामा दिन तयार छु ।’ समाधानबाट

    सम्बन्धित समाचार