मुख्यमन्त्री कार्यालयको स्कारपियोले ठक्कर दिँदा टेम्पो चालकको मृत्यु

मुख्यमन्त्री कार्यालयको स्कारपियोले ठक्कर दिँदा टेम्पो चालकको मृत्यु

  • फाल्गुण १, २०७७ शनिवार
  • ०८:५२:४१ बजे
  • 3.5K
    SHARES
  • मुख्यमन्त्री कार्यालयको स्कारपियोले ठक्कर दिँदा टेम्पो चालकको मृत्यु
    फाइल तस्बिर

    सिरहा–: चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चौकमा आज प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ।

    प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स१ह ३०४३ नम्बरको टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ निवासी ४० वर्षीय जयप्रकाश साहको मृत्यु भएको हो।  

    स्कारपियो गाडी ठक्करबाट गम्भीर घाइते टेम्पो चालकलाई उपचारका लागि लहानस्थित अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।  

    ठक्कर दिने गाडी र चालक जनकपुरधाम उपमहानगरपालिका–७ निवासी ३५ वर्षीय रविन्द्र झालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार