मुख्यमन्त्री वातावरण मैत्री कृषि नमुना गाउँ अनुगमन तथा अन्तरक्रिया

मुख्यमन्त्री वातावरण मैत्री कृषि नमुना गाउँ अनुगमन तथा अन्तरक्रिया

  • मंसिर २४, २०७७ बुधवार
  • २१:२६:३८ बजे
  • 6.5K
    SHARES
  • मुख्यमन्त्री वातावरण मैत्री कृषि नमुना गाउँ अनुगमन तथा अन्तरक्रिया

    बुर्तिबाङ : मुख्यमन्त्री वातावरण मैत्री कृषि नमुना गाउँ अनुगमन तथा अन्र्तक्रिया कार्यक्रम पश्चिम बागलुङका विभिन्न पालिकामा सम्पन्न भएको छ ।

    कृर्षि ज्ञानकेन्द्र पर्वत/बागलुङद्धारा बागलुङका विभिन्न क्षेत्रमा व्यवसाहिक रुपमा कृषि पेशामा आवद्ध कृषकहरुको फार्मको अवलोकन तथा उनिहरुले अनुदान प्राप्त गर्नका निम्ती राखेको आवेदनका आधारमा कृषि क्षेत्रको मुल्याङ्कन सहित कृषकका समस्या, गुनासो, राज्यको तर्फदेखि हुनसक्ने कार्यक्रम र सहयोग लगाएतका विषयमा अन्र्तक्रिया कार्यक्रम समेत गरीएको कृषि ज्ञानकेन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले बताए । 

    कृषकहरुको व्यवसायको स्थलगत अनुगमन गर्दै उनीहरुलाई सुझाव सल्लाह दिने र उनीहरुको गुनासो, प्रतिक्रिया समेत संकलन गरिएको रेग्मीको भनाई छ । 

    बागलुङको निसीखोला गाउँपालिका, तमानखोला गाउँपाकिला, वडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका क्षेत्रमा पहिलो चरणमा कृषकहरुसँग भेटघाट कार्यक्रमसँगै उनीहरुको उत्पादनको मुल्याङ्क अभियान जारी रहेको बताइएको छ । 

    जिल्लामा पछिल्लो समय व्यवसायिक कृषि तर्फ लाग्ने कृषकहरुको संख्या बृद्धि हुँदै जाँदा अनुदान कार्यक्रमको लागि पाँच सय बढिको आवेदन परेको थियो । 

    यस वर्ष बागलुङ र पर्वत जिल्लामा गरी १७ करोड बराबरको कार्यक्रम कृषकहरुका निम्ती गण्डकी प्रदेशवाट विनीयोजन भएका कारण रैथाने वाली, टनेल खेती, सिँचाई, मेशिनरी औजार वितरण, विउविजन वितरण र धान पकेट क्षेत्र विस्तारलाई गरी विभिन्न चरणमा कार्यक्रम अगाडी बढाइएको जनाइएको छ । 

  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री
  • # कृषि नमुना गाउँ

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार