बागलुङ: नेपाली काँग्रेसले निर्वाचन लक्षित प्रत्यक वडामा सुरु गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिती बागलुङको निर्णय अनुसार जनतासंग नेपाली कांग्रेस अभियान सुरु गरेर जनताको घरदैलोमा पुग्ने अभियान सुरु भएको जिल्ला सभापती जित शेरचनले बताए ।
जिल्ला कार्यसमितिको निर्णय अनुसार सबै पालिकाका वडा वडामा निर्वाचन लक्षित कार्यक्रम सञ्चालन गर्ने, टोल कमिटी गठन गर्ने, जनतासंग पार्टीको धारणा र स्थानिय तह निर्वाचित छलफल, भेटघाट गर्ने गरी कार्यक्रम अगाडि बढिरहेको सभापति शेरचनले बताए ।
जिल्लाकै १० वटै पालिकामा कार्यक्रम भइरहँदा पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा अभियान जारी रहेको छ वडा नं। १,२,३,४ र ५ मा कार्यक्रम सम्पन्न भइसकेको र अन्य सबै वडामा कार्यक्रम जारी रहेको ढोरपाटन नगर सभापति धन बहादुर कायतले बताए ।
निसीखोला गाउँपालिकाले समेत आफना सबै वडामा वडा कमिटीको सक्रिय बनाउने, टोल कमिटी गठन गर्ने अभियान जारी रहेको जनाइएको छ । तमानखोला गाउँपालिकाको— ६ देखि अभियान सुरु भइसकेको छ । सबै वडामा कार्यक्रम सम्पन्न गर्ने गरी अभियानमा आफुहरु जुटिरहेको चुडामणी छन्त्यालले बताए ।
महाधिवशेन प्रतिनिधि, जिल्ला कमिटी, प्रदेश, क्षेत्र र गाउँपालिका नगरपालिका कमिटी सहित नेता कार्यकर्ताहरु विभिन्न समुह गठन गरेर जनतासंग पुग्ने अभियान सुरु गरेका हुन । जनताको घरदैलोमा पुग्ने उनीहरुसँग साक्षात्कार गर्ने र चुनावी अभियानलाई प्रभावकारी बनाउने उद्देश्य स्वरुप निर्वाचन मुलक अभियानमा जुटिएको नेपाली काँग्रेस क्षेत्र २ का सभापति जोकलाल बुढाले बताए ।