बुर्तिबाङमा स्वास्थ्य शिविर, ८१९ जनाले लिए सेवा

बुर्तिबाङमा स्वास्थ्य शिविर, ८१९ जनाले लिए सेवा

  • फाल्गुण ११, २०८१ आइतवार
  • ०९:०९:२० बजे
  • 3.6K
    SHARES
  • बुर्तिबाङमा स्वास्थ्य शिविर, ८१९ जनाले लिए सेवा

    बागलुङ : बागलुङको बुर्तिबाङमा सञ्चालित एकीकृत स्वास्थ्य शिविरमा ८१९ जना नागरिकले सेवा लिएका छन् । ग्रामीण क्षेत्रका लागि लक्षित गरि संचालन गरेको विशिरबाट विभिन्न रोगका बिरामीले सेवा लिएका हुन् । नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डा बागलुङको नेतृत्व, श्रीमेहर गण घोडाबाँधे संयोजन प्रभु बैंकको सहयोगमा भएको शिविरबाट विशेषज्ञ सेवा दिएको थियो ।

    बुर्तिबाङ प्रादेशिक अस्पतालमा सञ्चालित शिविरमा स्त्री तथा प्रसुती सेवा, हाड तथा जोर्नी सेवा, दन्त सेवा, बालरोग, छाला रोग, प्रयोगशाला, एक्सरे सेवा दिइएको श्रीमेहर गण घोडाबाँधेका गणपति धन राना मगरले जानकारी दिए।

    शिविरबाट १२० जनाले बालरोग, हाडजोर्नी २६० जना, छालारोग १२०, आयुर्वेदिक ४० जना, गाइनो तर्फ २०० जना र ७९ जना दन्त सेवा लिएका हुन् । शिविर संचालनका लागि धौलागिरी अस्पताल बागलुङ बुर्तिबाङ अस्पतालले पनि सहयोग गरेको गणपति रानाले बताए । प्रभु बैंकले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तरगत औषधिहरु उपलब्ध गराएको उनको भनाइ छ ।

    शिविरको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डाका सायक रथी जगत बहादुर पौडेलले नेपाली सेनाले नागरिकलाई सहज रुपमा विशेषज्ञ स्वास्थ्य सेवा दिनका लागि शिविर संचालन गरेको बताए । सेनाले विभिन्न समयमा नागरिक लक्षित कार्यक्रम गर्दै आएको भन्दै दूर दराजका नागरिकलाई प्राथमिकता दिएर शिविरहरु संचालन गर्ने गरेको उनको भनाइ छ ।  

    ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले धेरै नागरिक विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित रहेको भन्दै शिविरले ठूलो अवसर दिएको बताए । 

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य शिविर

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार