बुर्तिबाङ : तमानखोला गाउँपालिकाले अन्तराष्ट्रिय नारी दिवशका अवसरमा महिलाहरुलाई लक्षित गर्दै निशुल्क स्वास्थ्य शिविर सञ्चालन आयोजना गरेको छ । तमानखोला गाउँपालिकाको आयोजनामा फाल्गुन २४ गते आयोजित शिविरमा विशेषगरी स्त्रीरोग विशेषज्ञबाट निः शुल्क स्वास्थ्य परिक्षण तथा
उपचार लगायत महिला सम्बन्धी रोगको निशुल्क अप्रेशन सहित स्वास्थ्य परीक्षण गरिने भएको हो । गाउँपालिका अन्र्तगतका महिलाले उक्त सेवा तथा सुविधा आफ्नै पालिकामा रहेको बोङगादोभान स्वास्थ्य चौकीबाट पाउने बताइएको छ । ग्रामीण क्षेत्रमा महिलाका समस्या बढि हुने र
आर्थिक अभाव तथा चेतना अभावका कारण विभिन्न रोगले समस्यामा परेका महिलाहरुलाई लक्षित गरी शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।