बागलुङ : बागलुङमा नेपाली काँग्रेसको पालिका अधिवेसनहरु शनिबार हुँदैछन् । अहिले पालिको स्तरमा नेतृत्व लिने आकाङ्क्षीहरु आफ्नो पक्षमा निर्णय पार्न लागि परेका छन् । बागलुङको तमानखोला गाउँपालिकामा पालिकाको नेतृत्व गर्नका लागि तीन जनाले दाबेदारी पेश गरेका छन् ।
वर्तमान क्षेत्रीय सदस्य धर्म घर्ती मगर, तमाखोला ४ लाममेलाका खिम छन्त्याल र तमानखोला-५ खुङ्खानीका लिला छन्त्यालबीच पार्टी सभापति पदमा रस्साकस्सी चलेको छ । पार्टीलाई सिस्टममा चलाउनका लागि र पार्टी जस्तो बनाउनका लागि आफुले सभापति दाबी गरेको धर्म घर्तीले बताउने गरेका छन् । नेपाल विद्यार्थी संघबाट राजनीति गर्दै आएका उनी १३ औं महाधिवेसनबाट नेपाली काँग्रेसको क्षेत्रीय सदस्य चुनिएका थिए ।
पालिकामा फर्केर पार्टीलाई बलियो बनाउनका लागि आफुले सभापति दाबी गरेको उनको भनाई छ । ‘तमानखोलाका तीन वडा वडामा नेपाली काँग्रेस अन्य वडामा भन्दा कमजोर त्यसलाई बलियो बनाएर सबै वडामा काँग्रेसको उम्मेदवर आउँदा स्थानीय निर्वाचन जिताउनका लागि मैले काम गर्नेछु,’ उनी भन्छन्,‘पार्टी चलायमान हुन सकेको छैन, बैठक प्रशिक्षणहरु छैनन् । प्रशिक्षणलाई विशेष जोड दिने गरी काम गर्छु ।’
उनले सबैलाई एक साथ लिएर पार्टीलाई बलियो बनाउने समेत बताए । उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट तमानखोला वडा नम्बर १ मा उम्मेदवार समेत भएका थिए । तमानखोला-४ लाममेलाका खिम छन्त्याल पनि सभापतिको दाबेदार छन् । विगतमा फरक पार्टीमा रहे पनि अहिले तमानखोलाको लाममेलामा सभापति आफुले काँग्रेसको संगठन बलियो बनाउँदै लगेका कारण
पालिकाको सभापतिमा दाबी गरेको उनी बताउँछन् । ‘हाम्रो वडामा पार्टीको संगठन कलि कमजोर छ, त्यसलाई बलियो बनाउन लागि मैले गाउँपालिकाको सभापति हुन खोजको छु,’ उनले भने,‘तीन वटा वडामा हामी अलि कमजोर छौं । ती ठाउँहरुमा आगामी निर्वाचन जिताउने मेरो लक्ष्य छ ।’
विगतमा लाममेलामा निकै सुषुप्त अवस्थामा रहेको काँग्रेलाई आफु पार्टी सभापति भएर सक्रिय बनाउँदै लगेको उनले बताए । सबैलाई मिलाएर पार्टीलाई एक ढिक्का बनाउने र सबै वडामा र पालिकामा नेपाली काँग्रेसले सहज निर्वाचन जित्ने वाताबरण बनाउने उनको भनाई छ । तमानखोला गाउँपालिका-५ खुङ्खानीका लिला छन्त्याल पनि सभापतिको दाबेदार हुन । काँग्रेसलाई एक ढिक्का बनाएर विस्तारित रुप्मा लैजाने उनले बताए ।
‘पहिले त काँग्रेसलाई एक ढिक्का बनाउनुपर्ने जरुरी छ, त्यसका लागि मैले मेहनत गर्छु,’ उनले भने,‘सबैलाई मिलाएर अगाडि बढ्ने र तमानखोलालाई काँग्रेको गढ बनाउने हो ।’ विगतमा आफुले ग्राम समितिको कोषाध्यक्षको रुपमा काम गरेको अहिले गाउँपालिका सभापति दाबी गरेको उनले बताए ।