बागलुङ : बागलुङको तमानखोला गाउँपालिकाले ८० प्रतिशत जनतालाई खानेपानीको पहुँचमा पु-याएको छ ।
लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका तमानखोला गाउँपालिकाबासीले पछिल्लो समय घरघरमै खानेपानी पुगेपछी निकै सहजता भएको बताएका छन । साविक तमान, बोङगादोभान र खुङ्खानी गाविस मिलेर वनेको गाउँपालिकामा अधिकांस बस्तीमा सहज खानेपानीको पहुँच पुगेसँगै अब ८० प्रतिशत जनता खानेपानीको पहुँचमा पुगेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।
भौगोलिक रुपमा विकट मानिएको खुङखानी, नर्जाखानी गाउँमा समेत खानेपानीको उत्तिकै समस्या थियो पछिल्लो समय खानेपानीको पहुँच पुगिसकेको हो ।
अधिकाँस घर घरमा धारा छन् । निरन्तर पानी आउने भएपछि स्थानीयको दैनिकीमा निकै सहजता भएको हो । खुङ्खानीमा हालैमात्र १ सय ३९ घरधुरीका निम्ति खानेपानी व्यवस्थापन भएको हो । गण्डकी प्रदेश, तमानखोला गाउँपालिका र नेवा संस्थासँगको साझेदारीतामा गाउँका जनताले सहज रुपमा खानोपनी पिउन पाएका हुन । खानेपानीलाई मुख्य प्राथमिकता दिएको गाउँपालिकाले अव चाँडै शत प्रतिशत जनताको घरमा खानेपानीको पहुँच पु¥याउने उद्देश्य स्वरुप काम भइरहेको बताउँदै तमानखोला ३ तमानमा समेत १ सय २४ घरधुरीमा हालैमात्र खानेपानीको पहुँच पुगेको बताए ।
गाउँपालिकाले एक खालको कार्यक्रम बनाएको छ । त्यसमा गण्डकी प्रदेश र खानोपनीका लागि नेवा संस्थाको समेत आर्थिक प्राविधिक सहयोग भइरहेका कारण जनताको अपेक्षा पुरा भइरहेको अध्यक्ष जोकलाल बुढाले बताए ।
जनताको मुख्य आवस्यकतालाई आत्मसाथ गरेर सुचकको आधारमा योजना छनौट गर्ने र त्यसलाई पुरा नहुन्जेल निरन्तरता दिने गरिएका कारण अब तमानखोला गाउँपालिकामा विकास र महत्वपूर्ण आवस्यकता मध्यको खानेपानीको पहुँच तीव्र गतिमा अगाडि बढिरहेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विकास लम्सालले बताए ।
तमानखोला ३ तमानमा समेत मँगलबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष जोकलाल बुढाले खानोपनी आयोजनाको उद्घाटन गरेका छन् ।
जुगेखोला मुहानबाट पानी ल्याएसँगै गाउँका अधिकांस घरधुरीमा एक घर एक धारा अभियान भइरहेको बताइएको छ । ८० लाख लागतमा खानेपानी गाउँमा खानोपनी ल्याइएको वडा सदस्य गोविन्द बुढाले बताए । खानेपानी उपभोक्ता समिति अध्यक्ष देविद सिउथानीको अध्यक्षतामा आयोजित कार्यक्रम गाउँपालिका अध्यक्ष जोकलाल बुढाले उद्घाटन गरेसँगै खानेपानी घरघरमा पु-याइएको हो ।
एक घर एक धारा अभियान रहेपनी हाललाई अधिकाँस बाहेक केही ठाउँमा दुई घरले समेत एकै धारो प्रयोग गर्ने गरी खानेपानी ल्याइएको बताइएको छ ।