तमानखोला गाउँपालिकाले विकासे योजना सम्झौता थाल्यो, अवरुद्ध सडक खुलाउँदै 

तमानखोला गाउँपालिकाले विकासे योजना सम्झौता थाल्यो, अवरुद्ध सडक खुलाउँदै 

  • आश्विन १९, २०७८ मंगलवार
  • १८:४५:५२ बजे
  • 3.1K
    SHARES
  • तमानखोला गाउँपालिकाले विकासे योजना सम्झौता थाल्यो, अवरुद्ध सडक खुलाउँदै 

    बुर्तिबाङ : जिल्लाको तमानखोला गाउँपालिकाले आगामी चैत्र मसान्तसम्म योजना सम्पन्न गर्ने गरी मंगलबारदेखि योजना सम्झौता सुरु गरेको छ ।

    आर्थिक वर्ष २०७८/०७९ का सबै योजनाको उपभोक्ता समिति गठन भइसकेको र योजना सम्झौता सुरु गरी विकास निर्माणका काम अगाडि बड्न थालेको तमानखोला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विकास लम्सालले बताए । वर्षातका कारण अधिकाँस ग्रामिण सडक अवरुद्ध थिए सोमबारदेखि सडक सफा गर्न थालिएको र सडक सफा भएसँगै सवारीका साधन सञ्चालनमा आएपछि दशै लगत्तै धेरैजसो योजनाको सम्झौता प्रकृया अगाडि पढ्ने र विकास निर्माणका काम सुरु हुने अधिकृत लम्सालको भनाई छ । 

    वर्षातका समयमा मोटरेबल पुल अभावका कारण तमानखोला गाउँपालिकाका बस्तीमा सडक सम्बन्ध टुट्ने गरेको छ । पछिल्लो समय नदिमा पानीको बहाव कम हुँदै जाँदा नदीमा घात निर्माण गरी सडक सञ्चालन गर्नुपर्ने बाध्यता रहेको हो । 

    दशै लगत्तै सिधा सवारीका साधन सञ्चालन हुने भएपछि क्रमशः विकासका कामले गति लिने बताइएको छ । तमानखोला गाउँपालिकाले सडक, विद्यालय, खानेपानी, लगायतका भौतिक निर्माणका योजनालाई यस वर्ष पनी प्राथमिकता दिएको छ । 
    बर्षात सकिएको र चाडपर्व आइरहेका कारण योजना सम्झौता भएर काम गर्न कठिन थियो अब सडक पनि सञ्चालनमा आउने र चाडपर्व लगत्तै योजना निर्माणका काम जारी रहने लम्सालले बताए ।

    जनताको आवश्यकता, भूगोल, जनसंख्या लगायतका सुचकलाई आधार मानेर योजना छनौट गरिएको बताउँदै यसवर्ष पनी चैत्र मशान्तसम्म विकास निर्माणका काम सक्ने लक्ष्य सहित अगाडि बढिएको बताउँदै उपभोक्ता समिति गठन भइसकेको अवस्थामा उनीहरुलाई प्रशिक्षण दिएर काम अगाडि बढाइने बताइएको छ । 

  • सम्बन्धित विषय:

  • # तमानखोला गाउँपालिका
  • # योजना सम्झौता
  • # सडक

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार