बजेट, नीति तथा कार्यक्रम

तमानखोला गाउँपालिकाको बजेट २७ करोड ४० लाख

तमानखोला गाउँपालिकाको बजेट २७ करोड ४० लाख

  • आषाढ १०, २०७८ बिहिवार
  • २०:२३:०४ बजे
  • 8.3K
    SHARES
  • तमानखोला गाउँपालिकाको बजेट २७ करोड ४० लाख

    बुर्तिबाङ : तमानखोला गाउँपालिकाको १० औँ गाउँसभा बिहिबार बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष मानसरी शेरचनले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि २७ करोड ४० लाख ८१ हजार १ सय ५० रुपैँयाको बजेट प्रस्तुत गर्नु भएको छ । नीति तथा कार्यक्रममा यस वर्ष शिक्षा, स्वास्थ्य, यातायात, कृषि, पर्यटन लागयतका

    क्षेत्रलाई प्राथमिकता दिएको छ । “सुखी र समान समृद्ध तमान” भन्ने उदेश्य सहित दिगो विकासको लक्ष्यलाई पुरा गर्ने उदेश्य सहित नीति कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित गरिएको हो ।  आर्थिक ऐन २०७८, विनियोजन ऐन २०७८, आर्थिक वर्ष २०७८÷७९ को नीति कार्यक्रम तथा बजेट, स्थानीय शिक्षा ऐन प्रथम संशोधन २०७८ र समग्र पालिकाका विषय वस्तु माथि छलफल गर्दै पारित गरेको छ । 

    स्वास्थ्य : पालिकाले स्वास्थ्य क्षेत्रतर्फ १ करोड २६ लाख १६ हजार ६ सय ५० बजेट विनियोजन गरेको छ । जसमा कोभिड व्यवस्थापनका लागि विपद् व्यवस्थापन कोषबाट  खर्च हुने गरी ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रको प्रभावकारीता वृद्धि गर्न कर्मचारीको २ हजार र महिला स्वास्थ्य स्वयम सेविकाहरुको निम्ती प्रदेश र सँघ सरकारले उपलब्ध गराउने प्रोत्साहन भत्तामा

    १ हजार थप गर्ने निर्णय सभाबाट पास भएको छ । स्वास्थ्य चौकीमा फार्मेसी सेवा सञ्चालन गरी अत्यावस्यक औषधिको सहज उपलब्धतालाई सुनिश्चित गर्ने, उदेश्यसहित अध्यक्ष फार्मसी कार्यक्रम अगाडी बढाइने भएको छ । उपाध्यक्ष सुत्केरी भेटघाट कार्यक्रम,  स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने, तमानखोला गाउँपालिका अध्यक्ष फिलोसिस कार्यक्रम अगाडी बढाउने नीति कार्यक्रममा उल्लेख छ ।  

    शिक्षा : गाउँपालिकाले शिक्षा क्षेत्रको विकासमा विभिन्न कार्यक्रम अगाडी सारेको छ । शैक्षिक क्षेत्रमा भौतिक पूर्वाधार सहित शैक्षिक गुणस्तर बृद्धि, विद्यार्थी प्रतिभा पहिचान, परम्परागत सीपलाई आधुनिक सिपमा विकास गर्न परम्परागत कृषि प्रणालीलाई आधुनिक आधुनिक प्रणालीमा रुपान्तरण गर्न सिपको विकास सहित एक विद्यार्थी, एक सीप, एक विद्यालय एक उत्तपादन कार्यक्रमलाई जोड दिइने निती कार्यक्रममा उल्लेख छ । 

    तमानखोला गाउँपालिकाको रितीथिती, सँस्कृतिलाई चिनाउन गाउँपालिकाको आफनै गान निर्माण गरीने, शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन, एक विद्यालय एक पुस्ताकालय अभियान अन्र्तगत अध्यक्ष पुस्तकालय कार्यक्रम अगाडी बढाइने भएको छ ।  विद्यार्थी, शिक्षक र अभिभावकका कुरा गाउँपालिकासम्म राख्नका लागि गाउँपालिका अध्यक्षसँग मेरो कुरा कार्यक्रम सञ्चालन गरिने भएको छ । शैक्षिक क्षेत्रतर्फ पढाइ मेला,

    छात्र छात्राका कुरा उपाध्यक्षसँग, किशोर किशोरीलाई स्वास्थ्य राख्न मनोपरामर्श कार्यक्रम, प्रविधियुक्त शिक्षा, बालमैत्रि शिक्षा, गुणस्तरीय शिक्षा, विद्यालयको भौतिक पूर्वाधार तमानखोला भन्ने उदेश्य सहित विद्यालयमा इन्टरनेट सुुविधाको विस्तार तथा शिक्षकलाई प्रोत्साहन गर्न २ हजार तलब भत्ता बृद्धि गर्ने निीत कार्यक्रममा उल्लेख छ । पालिकाले शैक्षिक क्षेत्रको विकासका निम्ति २ करोड ४५ लाख बजेट विनीयोजन गरेको छ । 

    खानेपानी : एक घर एक धारा कार्यक्रमलाई अगाडी सारेको गाउँपालिकाले विभिन्न संघसंस्थासँगको समन्वयमा कार्यक्रम प्रभावकारी बनाउने गरी १९ लाख बजेट विनियोजन भएको छ । पालिकाका सबै वडा–वडामा खानेपानी विस्तारका विभिन्न कार्यक्रम समेत अगाडी बढाई छ । कुवा, खोला लगायतका स्थानबाट पानी प्रयोग गर्दै आएका नारिकहरुको घरघरमा धार निर्माण गरिने छ ।

    चेतना : गाउँपालिकाको समाजिक आर्थिक रुपलेपछि परेका समुदाय, उनीहरुको सशक्तिकरण, समाजमा रहेका कुरीति, विकृति, विभेद र घरेलु हिंसाको अन्त्य गरी समता मुलक समाज निर्माण र पालिकामा भएका भाषा, सँस्कृतिको संरक्षण तथा विकासका लागि ५७ लाख बजेट विनियोजन गरिएको छ । यसबाट कला संस्कृतिको संरक्षण र प्रचार गरिने छ ।

    कृषि : गाउँपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा कृषि, पशुपालन क्षेत्रलाई पनि उत्तिकै महत्वका साथ कार्यक्रमा समावेश गरेको छ । पालिकाले व्यवसायिक, यान्त्रीकरण, जैविक विषाधिको प्रयोग सहित उत्पादन र अन्नवाली तथा नगदेबालीलाई व्यवसायिक बनाउन कार्यक्रम समावेश गरिएको छ । कृषकलाई उन्नत जातका बिउ भिजन र अवाश्यक तालिक परामर्श दिइने छ ।

    पर्यटन : पर्यटन क्षेत्रको विकास र विस्तारका लागि बराह ताल संरक्षण, सोले सहिदपार्क निर्माणको कामलाई प्राथमिकता दिने, पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्ने नीति कार्यक्रममा उल्लेख छ । युवा, महिला तथा कोभिड १९ का कारण रोजगार गुमाएकाहरुका लागि व्यवसायिक तथा उद्यम सहुलियत ऋण व्यवस्थापन गर्न बजेट विनियोजन गरिएको छ । 

    सडक बुर्तिबाङ–बोङगादोभान सडक कालोपत्रेका लागि विशेष प्राथमिकता दिने, गाउँपालिकाका सबै वडामा १२ महिना सडक चल्ने गरी स्तर उन्नती गर्ने, आवश्यक सम्भाव्य क्षेत्रमा झोलुङगे पुलको व्यवस्था गर्ने, बस्तीदेखि वडासम्म पुग्न अपुरा सडक स्तरउन्नती गर्ने संघ र प्रदेश मार्फत गाउँपालिकाका विभिन्न स्थानमा मोटरेवल पुल माग पहल गर्ने, गाउँपालिका भित्र प्रशासनिक

    तथा वडा भवन निर्माणलाई प्रथमिकता दिने, विद्यालय भवन निर्माणलाई प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकामा डिजिटल नागरीक वडापत्र तथा सुझाव पेटिकाको व्यवस्थापन गर्ने, न्यायिक समितिलाई सुदृढ र थप क्रियाशील बनाउने लगाएत विषयमा नीति कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # तमानखोला गाउँपालिका

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार