एमालेले बागलुङ-१ मा निर्वाचनका लागि सम्पर्क कार्यालय स्थापना गर्‍यो

एमालेले बागलुङ-१ मा निर्वाचनका लागि सम्पर्क कार्यालय स्थापना गर्‍यो

  • माघ १८, २०८२ आइतवार
  • २०:५०:२७ बजे
  • 1.6K
    SHARES
  • एमालेले बागलुङ-१ मा निर्वाचनका लागि सम्पर्क कार्यालय स्थापना गर्‍यो

    बागलुङ : नेकपा एमाले बागलुङले निर्वाचन क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय स्थापना गरेको छ । आइतबार उम्मेदवार हिरा केसीले रिवन काटेर सम्पर्क कार्यालय स्थापना भएको सन्देश दिँदै फागुन २१ गते हुने निर्वाचन र आफ्नो विषयमा जो कोहीसँग पनि सल्लाह, सुझाव वा मार्गदर्शन छन् भए सम्पर्क कार्यालयमा आएर अनुरोध गरे ।

    बागलुङ नगरपालिका-२ लोकतान्त्रीक चोकमा सम्पर्क कार्यालय स्थापना गरेको हो । उम्मेदवार केसीले एक साता पहिलेदेखिनै मतदाता भेट्न घरदैलो अभियान थालिसकेको भन्दै थप सल्लाह सुझाव भए सम्पर्क कार्यालयमा पनि आउन सकिने बताए ।

    उनले आफु वर्षाैदेखि जनताकै सेवामा अनवरत खटिरहे पनि जनताबाट अनुमोदित भएर अझै सम्वृद्ध राष्ट्र निर्माणको अभियानमा अगाडी बढ्नका लागि उम्मेदवारको रुपमा आएको बताए।

    सम्पर्क कार्यालय शुभारम्भ कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ इन्चार्ज मनकुमारी केसी, केन्द्रीय सदस्य डाक्टर सूर्य पाठक, सावित्रा राना र नेकपा एमालेका प्रभावशाली नेता पूर्व केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले शुभकामना व्यक्त गर्दै इमान्दार, शालिन र युवा नेता हिरा केसीलाई मतदान गरेर विजयी गराउन आग्रह गरे।

    कार्यक्रम नेकपा एमाले बागलुङका सचिव गणेश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • # नेकपा एमाले

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार