पोखरा : सामाजिक सञ्जालमार्फत महिलालाई अश्लील म्यासेज लेख्ने पोखराका एक पुरुष पक्राउ परेका छन् ।पोखरा महानगर ११ काहुँखोलाका ४६ वर्षे रामकुमार खत्रीलाई कास्की प्रहरीको सहयोगमा साइबर ब्युरोले शुक्रबार बिहान पक्राउ गरेको हो ।
कास्की प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर दीपक केसीका अनुसार ब्युरोले खत्रीलाई पक्राउ गरेर पठाइदिन भन्दै बिहीबार पत्र पठाएको थियो । ‘बिहान पक्राउ गरेर काठमाडौं पठाइसक्यौं,’ इन्स्पेक्टर केसीले भने ।
भएको के हो ?
‘हाम्रो धर्म मान, तिमीलाई दिन भएको सबै पैसा दिन्छौं,’ पुस पहिलो हप्ता फूलबारीकी महिलालाई फेसबुकमा मेसेज आयो । मेसेज त्यतिमै सीमित रहेन ।
अझै अर्को मेसेज आयो, ‘तिम्रो बुढालाई दिन भएको ३२ लाख रुपैयाँ म सबै दिन्छु, प्रकाश मेरो साला हो, तिम्रो बुढालाई सच्चाई धर्मको विरोध नगर्न भन । हाम्रो धर्म राम्रो छ, तिमी पनि मान तिमिलाई गाडी, पैसा दिन्छु ।’
महिलालाई मेसेज पठाउने रामकुमार खत्री नै थिए । खासमा ती महिलाका श्रीमान्ले चितवन माडीको जग्गा २०७६ साउन २० गते रामकुमारका साला भनिने प्रकाशदीप गैह्रे ९३८० लाई बेचेका थिए ।
सोही जग्गाको रकम लगातार माग्दा पनि ती महिलाले पाउन सकेकी थिइनन् । ती महिला र उनका श्रीमान्ले आफूले पाउनुपर्ने रकम माग्दा सास्ती झेलेको यो पहिलोपटक होइन ।
यसअघि २०७६ असोज ४ गते उनका श्रीमान्लाई आफूहरुले नै अपहरण गरेको र प्रहरीले केही गर्न नसकेको भन्दै रामकुमार लेडर देखाएका छन् ।
‘हामी प्रकाश र विजयले तिम्रो बुढालाई अपहरण गरेको हो, प्रहरीले के ग¥यो रु हाम्रै जित भयो,’ रामकुमारले मेसेन्जरमा लेखेका थिए ।
यतिमात्र होइन, सोही दिन रामकुमारले पैसा चाहिए आफू र प्रकाशसँग यौन सम्पर्क राख्नुपर्ने भन्दै धम्की दिएका थिए । ‘तिमीलाई दिन भएको
सबै पैसा तिर्दिन्छौं, सच्चाई धर्म मान, सबै दिन्छौं,’ उनको म्यासेज थियो, ‘प्लिज प्रकाश र मलाई बेलाबेलामा सेक्स गर्न देऊ, तिमी सेक्सी छौ ।’
जग्गाको पैसा माग्दा यौन प्रस्ताव राखेपछि‘
‘हाम्रो धर्म मान तिमीलाई दिन भएको सबै पैसा दिन्छौं,’ बिहीबार दिउँसो १२ बजे फूलबारीकी १ महिलालाई फेसबुकमा मेसेज आयो । मेसेज त्यतिमै सीमित रहेन ।
अझै अर्को मेसेज आयो, ‘तिम्रो बुढालाई दिन भएको ३२ लाख रुपैयाँ म सबै दिन्छु, प्रकाश मेरो साला हो, तिम्रो बुढालाई सच्चाई धर्मको विरोध नगर्न भन । हाम्रो धर्म राम्रो छ, तिमी पनि मान तिमिलाई गाडी, पैसा दिन्छु ।’
महिलालाई मेसेज पठाउने रामकुमार क्षेत्री थिए । खासमा ती महिलाका श्रीमान्ले चितवन माडीको जग्गा २०७६ साउन २० गते रामकुमारका साला भनिने प्रकाशदीप गैह्रे ९३८०लाई बेचेका थिए ।
सोही जग्गाको रकम लगातार माग्दा पनि ती महिलाले पाउन सकेकी छैनन् । ती महिला र उनका श्रीमान्ले आफूले पाउनुपर्ने रकम माग्दा सास्ती झेलेको यो पहिलोपटक होइन ।
यसअघि २०७६ असोज ४ गते उनका श्रीमान्लाई आफूहरुले नै अपहरण गरेको र प्रहरीले केही गर्न नसकेको भन्दै रामकुमारलेडर देखाएका छन् ।
‘हामी प्रकाश र विजयले तिम्रो बुढालाई अपहरण गरेको हो, प्रहरीले के ग¥यो रु हाम्रै जित भयो,’ रामकुमार लेख्छन् । ती पीडित महिलाका श्रीमान्
भने आफूलाई जग्गा देखाउने भन्दै असोज ४ मा भैरहवा लगेपनि आफू भागेर ५ गते पोखरा आएको बताउँछन् । प्रहरीलाई खबर गर्दा जाहेरी लिन नमानेको उनको गुनासो छ ।
यतिमात्र होइन, सोही दिन रामकुमारले पैसा चाहिए आफू र प्रकाशसँग यौन सम्पर्क राख्नुपर्ने भन्दै धम्की दिएका छन् । ‘तिमीलाई दिन भएको
सबै पैसा तिर्दिन्छौं, सच्चाई धर्म मान सबै दिन्छौं,’ उनको म्यासेज थियो, ‘प्लिज प्रकाश र मलाई बेलाबेलामा सेक्स गर्न देऊ, तिमी सेक्सी छौ ।’
सामाजिक सञ्जालमा मात्र सीमित प्रकाश र उनका भिनाजु भनिने रामकुमारले भने शनिबार प्रत्यक्ष भेटमै आफूमाथि यौन दुव्र्यवहार गरेको पीडित बताउँछिन् ।
‘हिजो के मेसेज गरेको, मेरो पैसा दे भनेर दीपहाउजिङ गएकी थिएँ, त्यहाँ ममाथि कुटपिट र दुव्र्यवहार भयो,’ पीडितले भनिन् ।
आफूमाथि कुटपिट र दुव्र्यवहार भएको भन्दै उनले बगर प्रहरीमा उजुरी दिइन् । उजुरी परेपछि प्रकाशलाई प्रहरीले सोधपुछका लागि भन्दै हिरासतमा राखेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जाहेरी नपरेको जनाए । पीडित परिवार भने आफूहरुलाई प्रहरीले अदालतमै जाहेरी दिएर आउन भनेपछि अदालत जाने तयारीमा रहेको बताउँछ ।
‘अभद्र व्यवहारमा जाहेरी दिए सजाय कम हुने रहेछ, यौन दुव्यर्वहारको जाहेरी अदालतमै दिनुपर्ने रहेछ,’ पीडितका श्रीमान्ले भने, ‘सोमबार अदालतमा जाहेरी दिन्छौं, रामकुमारलाई साइबर मुद्दा हाल्न काठमाडौं जान्छौं ।’
यता प्रहरी हिरासतमा रहेका गेह्रेले भने सामान्य झगडा मात्र भएको र यौन दुव्र्यवहार नभएको बयान प्रहरीलाई दिएका छन् । ‘सामान्य कुटपिट भको हो, यौन दुव्र्यवहार गरेको होइन,’ गैह्रेको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो । समाधानबाट