निसीखोलामा भिरबाट लडेर एक महिलाको मृत्यु

निसीखोलामा भिरबाट लडेर एक महिलाको मृत्यु

  • माघ १३, २०७७ मंगलवार
  • १९:१७:४३ बजे
  • 8.9K
    SHARES
  • निसीखोलामा भिरबाट लडेर एक महिलाको मृत्यु
    फाइल तस्बिर

    बागलुङ : निसीखोलामा भिडबाट लडेर एक महिलाको मृत्यु भएको छ । 

    जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर २ उपल्लो बेङ्निवासी ३३ वर्षीय छलि विकको भिडबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

    विक मंगलबार बिहान ८ बजे घाँस काटेर फर्किने क्रममा भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ । उनी भिरबाट ५० मिटर तल खसेको प्रहरी निरीक्षक भण्डारीको भनाई छ ।

    उनको टाउको र धाडमा गम्भीर चोट लागेको बताइएको छ । स्थानीयले केही समयपछि थाहा पाएपछि उनको उद्धार गरिएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # सगरमाथा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार