चुनावका लागि निर्वाचन आयोगले माग्यो ७ अर्ब रुपैयाँ

चुनावका लागि निर्वाचन आयोगले माग्यो ७ अर्ब रुपैयाँ

  • माघ २१, २०७७ बुधवार
  • १९:१६:२८ बजे
  • 3.2K
    SHARES
  • चुनावका लागि निर्वाचन आयोगले माग्यो ७ अर्ब रुपैयाँ
    फाइल तस्बिर

    काठमाडौं: निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ मा हुने निर्वाचनका लागि सरकारसँग बजेट मागेको छ। आयोगले ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ मागेको हो।

    बजेट मागको पत्र अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिएको छ।  आयोगको मंगलबार बसेको बैठकले सरकारसँग रकम माग्ने निर्णय गरेअनुसार बिहीबार अर्थ मन्त्रालयलाई पत्राचार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

    कोरोना महामारीका कारण खर्च बढ्ने आयोगले बताएको छ। आयोगले निर्वाचन सञ्चालन आर्थिक कार्यविधी तयार गर्दा कोरोनाका कारण अपनाउनुपर्ने मापदण्डबारे पनि ख्याल गरिएको जनाएको छ।

    आयोगले भनेको छ, ‘विगतका निर्वाचनमा प्रयोग गरी हाल मौज्दातमा रहेका मतपेटिका लगायत विभिन्न उपकरण र सवारी साधनहरू मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएकोले नयाँ सामग्री, उपकरण र सवारी साधन खरिद गर्नेगरी बजेटमा समावेश गरिएको छैन।’

    आयोगले कोरोनाका कारण सोसँग सम्बन्धित सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख ७४ हजार प्रस्ताव गरेको छ।

    यस्तै निर्वाचनको काममा आयोग, ७७ वटै जिल्ला निर्वाचन कार्यालय, १६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम संख्यामा रहने व्यवस्था गरिएको आयोगले जनाउको छ।

    निर्वाचनसँग सम्बन्धित तालिमहरू अनलाइनको माध्यमबाट समेत गर्नेगरी व्यवस्थापन गरिएकोले आसन्न निर्वाचन थप मितव्ययी हुनेगरी आयोगले काम गरिरहेको आयोगको दावी छ।

  • सम्बन्धित विषय:

  • # चुनाव

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार