लक्ष्मी अर्गेजा मगर
आफ्नै आमा बेचेर मुख, चुट्ने पनि यिनै हुन्
काँधमा झण्डा बोकेर देश, लुट्ने पनि यिनै हुन्
आफू बच्न देशलाई, ठुलो खाडलमा खसाएर
एक अर्काको विरोधमा, जुट्ने पनि यिनै हुन्
मिलेर खान पार्टी एकताको, डम्फू बजाएर
भागबण्डा नमिल्दा आफै, फुट्ने पनि यिनै हुन्
जनताको मतले मातेर, महा शक्तिशाली बन्दै
सोझा जनताकै मुखमा, मुत्ने पनि यिनै हुन्
भ्रष्टाचार घुसखोरी सबै, यिनको इसारामा हुन्छ
बलात्कार गरेर पैसामा, छुट्ने पनि यिनै हुन्
सबैको तमासा देखियो, अब भोट नदिनु आमा
आगामी चुनावमा सांसद, उठ्ने पनि यिनै हुन्