विवाइसी र फेयरमेड फाउन्डेशनद्वारा पश्चिम बागलुङको स्वास्थ्य क्षेत्रमा सुधार

विवाइसी र फेयरमेड फाउन्डेशनद्वारा पश्चिम बागलुङको स्वास्थ्य क्षेत्रमा सुधार

  • माघ २१, २०७७ बुधवार
  • २०:११:२९ बजे
  • 5.9K
    SHARES
  • विवाइसी र फेयरमेड फाउन्डेशनद्वारा पश्चिम बागलुङको स्वास्थ्य क्षेत्रमा सुधार

    बुर्तिबाङ : विवाइसी बागलुङ र फेयरमेड फाउन्डेनले बुर्तिबाङमा पत्रकार भेटघाट गरि ग्रामीण स्वास्थ्य सुधार परियोजनाले गरीरहेका कार्यक्रमहरुको विषयमा जानकारी गराएको छ । कार्यक्रममा विवाइसी संस्थाले गरेका काम, योजना र सम्मोन्यका विषयमा प्रकाश पार्दै पछिल्लो समयमा भइरहेका गतिविधिका विषयमा संस्थाका अध्यक्ष मणिभद्र शर्माले जानकारी गराएका थिए । 

    उनले सन् २०१८ देखि पश्चिम बागलुङको स्वास्थ्य क्षेत्रमा स्वास्थ्य, शिक्षा र अन्य विकास र ग्रामीण स्वास्थ्य सुधार परियोजनाले गरीरहेको गतिविधी तथा भावि योजनाका विषयमा  पस्ट्याएका थिए । अध्यक्षले २०४२ सालमा भिमापोखरामा स्थापना भएको भिमापोखरा युवा क्लवले गाउँमा सामाजिक तथा खेलकुदका कार्यक्रम गर्दै आएको मा २०४६ सालदेखि संस्थाको कार्यालय बागलुङमा स्थापना सेवा प्रवाह गर्दै आएको बताए ।

    बागलुङ सहित ३ जिल्लामा ८० भन्दा बढि स्वदेशी, विदेशी संघ सस्थासँग गरेर शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, झलुङ्गे पुल लगायत अन्य विकास निर्माणका कार्यक्रम गर्दे आइरहेको बताए । विवाइसीले लामो समयदेखि जनताको आवश्यकताको रुपमा रहेका महत्वपूर्ण विकास निर्माणका काममा साझेदारी गर्दै आइरहेको र विगत तीन वर्षदेखि फेयरमेड फाउन्डेशनसँगको समन्वय ग्रामीण स्वास्थ्य सुधार परियोजना मार्फत पश्चिम बागलुङका ६ पालिकामा स्वास्थ्य सुधारका कार्यक्रम गरीरहेको समेत जानकारी गराए । 

    दुर दराजमा रहेका जनताको सहज स्वास्थ्य सेवा र अन्य विकासको संस्थाले निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा २०१८ देखि  कार्यक्रम सुरु गरेको थियो । त्यस्तै यस संस्थाले बडिगाड गाउँपालिका, बरेङ गाउँपालिका, गलकोट नगरपालिकामा २०२० देखि सुरु गरी हाल बागलुङ जिल्लाका ६ स्थानीय तहमा स्वास्थ्य क्षेत्रमा कार्यक्रम विस्तार गरि रहेको छ । 

    संस्थाले स्थानीय तहसँगको सहकार्यमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, महिलाका निम्ती सचेतना मुलक कार्यक्रम गरीरहेको छ भने सर्ने तथा नसर्ने रोगको विषयमा चेनतामुलक कार्यक्रम समेत गरि रहेको छ । १ हजार दिन भित्रका आमा तथा बच्चाका निम्ति गर्भ अवस्था, सुत्केरी अवस्थामा हुने जोखिम न्युनिकरण, बच्चा जन्मदा हुन सक्ने जोखिमबाट बचाउन स्वास्थ्य संस्थाहरुमा विभिन्न प्रकारका सामग्रीहरु समेत सहयोग गर्दै आएको छ ।

    ग्रामिण स्वास्थ्य सुधार परियोजना अधिकृत जानकी पाठकले प्रस्तुत गरेको तथ्याङ्क अनुसार ६ पालिकाका ७ स्थानमा वर्थिङ सेन्टर स्थापना, ६ स्थानमा गाउँघर क्लीनिक निर्माण भइ सञ्चालनमा आएका छन् । त्यस्तै ६ स्वास्थ्य सस्थामा ल्याव सेवा, ११ स्वास्थ्य संस्थामा न्यु वन कर्नर मेशिन जडान, १० स्वास्थ्य संस्थामा महिला सुत्केरी हुने समयमा राख्ने वेड व्यवस्थापन भएको पाठकाको भनाई छ ।

    त्यसैगरी ३५ स्थानमा आमा समुहका निम्ति सचेतना मुलक कार्यक्रम, बुर्तिबाङमा अपाङगता भएका व्यक्तिहरुका लागि निशुल्क स्वास्थ्य शिविर आयोजना समेत गरेको पाठकले जानकारी गराइन् । स्वास्थ्य क्षेत्रको सुधारका निम्ति विभिन्न प्रयासहरु भइरहेको भन्दै यस आर्थिक वर्षमा हुने कार्यक्रमको विषयमा समे प्रकाश पारेकी थिइन् । विगतका वर्षमा भएका कार्यक्रमलाई जनताको प्रत्यक्ष सेवासँग जोडिने विषयलाई यसवर्ष पनी थप गर्ने लक्ष्यका साथ योजना तयार भएको उनको भनाई छ ।

    त्यसैगरी फेयरमेड फाउन्डेशनको तर्फदेखि वरिष्ठ अनुगमन अधिकृत वेदप्रकाश शर्माले  फेयर मेड फाउन्डेशनले नेपालका विभिन्न ८ जिल्लामा काम गरीरहेको जानकारी दिए । उनले  मातृ शिशु, अपाङ्गता, विभिन्न रोगका विषयमा पालिकासँग सहकार्य गरेर काम गरेको बताए ।

    उनले बागलुङको ६ पालिकामा विगतका वर्षको तुलनामा स्वास्थ्य क्षेत्रमा सकारात्म विकास भइरहेको भन्दै गर्भवती महिला स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने दर बृद्धि भएको बताए । त्यस्तै नियमित गर्भ परिक्षण, बच्चाको नियमित खोपमा सुधार, चेतनास्तरमा बृद्धि भएको बताउँदै थप सुधारका कार्यक्रमलाई प्रभावकारीताका साथ अगाडी बढाउने उनको भनाई छ ।

    कार्यक्रममा फेयरमेड फाउन्डेशनका कार्यक्रम अधिकृत गणेश वरुवाल विवाइसी बागलुङका पदाधिकारी, पत्रकार लगाएतको सहकागीता रहेको कार्यक्रम तारा शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सगरमाथा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार