दमौलीको घाँसीकुवामा भयानक दुर्घटना, एककाे मृत्यु, २ गम्भीर

दमौलीको घाँसीकुवामा भयानक दुर्घटना, एककाे मृत्यु, २ गम्भीर

  • माघ २३, २०७७ शुक्रवार
  • १८:२८:४५ बजे
  • 3.8K
    SHARES
  • दमौलीको घाँसीकुवामा भयानक दुर्घटना, एककाे मृत्यु, २ गम्भीर

    तनहुँ : व्यास १२ घाँसिकुवामा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा एक बालक र अर्की महिला घाइते भएका छन् । दिउँसो भएको दुर्घटनामा परी ज्यान गुमाउनेमा धादिङ ८ निवासी २२ वर्षका गोविन्द मगर छन् ।

    डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ग १४ प २५१२ नम्बरको मोटरसाइकल ग १ ह ०१ नम्बरको अटो संग ठोकिएर बा ४ ख ८९९६ नम्बरको बसमा ठोक्किँदा भएको दुर्घटनामा परी घाइते हुनेमा धादिङ ८ गल्छीबेसी निवासी २० वर्षीया सुनिता तामाङ र उनका छोरा ३ वर्षका आशिष छन् ।

    घाइते भएका गोविन्दको उपचारका क्रममा दमौली अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।घाइतेको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार