काठमाडौका लागि छुटेको माईक्रो ट्रकसँग ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु, ५ जना घाइते

काठमाडौका लागि छुटेको माईक्रो ट्रकसँग ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु, ५ जना घाइते

  • फाल्गुण १, २०७७ शनिवार
  • १४:३५:२३ बजे
  • 3.3K
    SHARES
  • काठमाडौका लागि छुटेको माईक्रो  ट्रकसँग ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु,  ५ जना घाइते

    कावासोती : पुर्वी नवलपरासीको रजहरबाट काठमाडौका लागि छुटेको माईक्रो बाटोमा रोकिराखेको ट्रकसँग ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

    पृथ्वी राजमार्गको चरौंदी बजारमा काठमाडौं तर्फ जादै गरेको बा ३ ख ८४ नम्बरको माइक्रो बस बेनीघाट चरौंदी बजार रातोघर नजिक रोकिराखेको ना ६ ख ४६० नम्बरको ट्रक मुनि छिरेको थियो ।

    माइक्रोबसको अगाडि सिटमा बसेका देवचुली नगरपालिका–१६ निवासी ५० वर्षीया हिरामाया गुरुङ र नवलपरासी रजहरकी ६५ वर्षीया कृष्णकुमारी केसीको घटनास्थलमै मृत्यु भएको

    गजुरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । दुर्घटनामा परी घाइते भएका ५ जनालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार