डरलाग्दो दुर्घटना, घटनास्थलमा एक जनाको मृत्यु

डरलाग्दो दुर्घटना, घटनास्थलमा एक जनाको मृत्यु

  • फाल्गुण २, २०७७ आइतवार
  • १५:३०:१५ बजे
  • 6.7K
    SHARES
  • डरलाग्दो दुर्घटना, घटनास्थलमा एक जनाको मृत्यु

    तनहुँ : आँबूखैरेनी ३ आँबुखैरेनी चोकमा ग्यास बुलेटको ठक्करबाट स्कुटरमा सवार एक युवतीको घटनास्थलमै मृत्यु भएको छ ।

    मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको एन एल ०२ एन २९८६ नम्बरको ग्यास बुलेटको ठक्करबाट ना १९ प ९२४ नम्बरको मोटरसाइकल ग।३ च २०८४ नम्बरको कारमा गई ठक्कर खाँदा लम्जुङ मध्यनेपाल नगरपालिका वडा नम्बर ६ भोर्लेटार निवासी १७ वर्षीया अन्बेसा पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

    घटनामा ग्यास बुलेट चालक भारत बिहार प्रदेश पुजारा जिल्ला बस्ने बर्ष ३० को पंकज कुमार, ना १९ प ९२४ नम्बरको मोसा चालकस् जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं ४ बस्ने बर्ष ५१ को युवराज घिमिरे घाइते छन् ।

    यसैगरी,ग ३ च २०८४ नम्बरको चालकस्-जिल्ला स्याङजा चापाकोट न।पा ८ बगैचा बस्ने बर्ष ३७ को श्रीराम घिमिरे पनि घाइते भएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार