‘आनाकानी किन हो ठूली’ बजारमा भिडियाेसहित

‘आनाकानी किन हो ठूली’ बजारमा भिडियाेसहित

  • माघ २५, २०७७ आइतवार
  • १२:०२:३६ बजे
  • 3.0K
    SHARES
  • ‘आनाकानी किन हो ठूली’ बजारमा भिडियाेसहित

    काठमाडौं : गायक कुशल थलङको ‘आनाकानी किन हो ठूली’ बोलको गीत सार्वजनिक भएको छ। रोशन थलङको रचना, अशोक लोहरुङ राईको एरेञ्ज रहेको गीतमा कुशलको स्वर र संगीत रहेको छ।

    गीतको म्युजिक भिडियोमा कुशल थलङ, सुजाता थुलुङ राई, विष्णु मोक्तान, दिनेश माङ्मु लिम्बू, कानुन लिम्बू थेबे, रोयल लिम्बू, करिश्मा क्षेत्री, कृति मिभक, सबनम राईको अभियन रहेको छ।​ भाइहरुले विवाह गरिसक्दा पनि जेठोको जीवन आनाकानीमै बितेको दिनचर्यालाई रोमाञ्चक ढङ्गले भिडियोमा प्रस्तुत गरिएको छ।

    भिडियोको लागि सोम मगरातीको श्रृङ्गार, छायांकन भूपेन्द्र तुम्बाहाम्फे, पोष्ट प्रोडक्सन रमेश मिभक र पुष्पा तुम्बाहाम्फे, सम्पादन अनिल राना र निर्देशन दिनेश माङ्मुले गरेका हुन्। भिडियो कुशल थलङको आफ्नै च्यानलबाट हेर्न र सुन्न सकिन्छ।

    हेर्नुहाेस् भिडियाे

  • सम्बन्धित विषय:

  • # गीत

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार